काठमाडौं, १८ साउन । सप्तरीमा प्रहरीले हवाई फायर गरेर दुईजना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका( १ बरही बिरपुरका विशाल राय र डाक्नेश्वरी नगरपालिका–७ का मनोज राय छन् ।आरोपीहरूलाई नियन्त्रणमा लिने क्रममा दुई राउन्ड हवाई फायर गरिएको एसपी गौतमकुमार केसीले बताउनुभयो । आरोपीहरू भाग्न खोजेपछि हवाई फायर गरी नियन्त्रणमा लिएको उहाँको भनाइ छ। उनीहरूको साथबाट करिब १ सय ग्राम खैरो हेरोइन बरामद भएको छ । ब्युरोबाट खटिएको टोलीले स्थानीय प्रहरीसँगको समन्वयमा आरोपीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उक्त स्थानमा अहिले सुरक्षाकर्मी परिचालन गरेर अनुसन्धान सुरू भएको प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्