पोखरा, १८ साउन । पोखराको लिचीबारी हडप्ने प्रपञ्च गरिएको अडियो प्रकरणमा जोडिएका सुजन लामालाई नेकपा एमाले गण्डकी प्रदेश कमिटीले सदस्यबाट निलम्बन गरेको छ । संघीय मन्त्रीहरूसमेत जोडिएको अडियो प्रकरणले देशैभरि तरंग ल्याएको थियो । यो प्रकरणमा बिचौलिया भनिएका लामालाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरिएको सचिव धनञ्जय दवाडीले जानकारी दिनुभयो ।
पोखराको बाटुलेचौरमा रहेको करिब १३५ रोपनी जग्गा हडप्न विचौलयाको काम गरिएको आरोप लागेपछि उहाँलाई निलम्बन गरिएको हो । लामा एमाले गण्डकीको सल्लाहकार परिषद् सदस्य रहनुभएको थियो । लामासँगै निजामती कर्मचारी के। गिरीलाई पार्टीले निलम्बन गरेको छ । तत्कालीन सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि निलम्बन गरिएको सचिव दवाडीको भनाइ छ । लिचीबारी प्रकरणमा तत्कालीन मन्त्री गुप्ताले पदबाट राजीनामा दिनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्