काठमाडौँ, १९ साउन । नेपाली कांग्रेसको बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुभएको छ ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोमबार संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।
प्रदेश प्रमुखले सरकारका लागि आह्वान गरेको केही बेरमै बानियाँले दाबी पेस गर्नुभएको हो । बानियाँले सत्ता साझेदार नेकपा एमाले र कांग्रेसका तर्फबाट प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री पदमा दाबी पेस गर्नुभएकाे तस्बिर उहाँ निकट कार्यकर्ताहरू सामाजिक सञ्जालमा राख्नुभएको छ ।
तस्बिरमा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियासहितका नेताहरू पनि देखिएका छन् ।













प्रतिक्रिया दिनुहोस्