विराटनगर, १२ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले नै विद्या भण्डारीलाई राजनीतिमा आउने बाटो खोलिदिएको दाबी गर्नुभएको छ । विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएकावे हो ।
प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कनु संविधानको औचित्य समाप्त भएको नहुने स्पष्ट पारे। उहाँले अन्तर्राष्ट्रिय उदाहरण दिँदै विश्वका विभिन्न मुलुकमा राष्ट्रपति, प्रधानमन्त्री र मेयरजस्ता पदमा रहेका व्यक्तिहरू पुनः सक्रिय राजनीतिमा फर्कने गरेको बताउनुभयो ।
संविधानले, ऐनले, कानुनले कसैले पनि राष्ट्रपतिलाई सक्रिय राजनीतिमा नआउनु भनेको पनि छैन, उहाँले भन्नुभयो, कुनै पार्टी राजनीतिमा नआउनु भनेको पनि छैन। त्यसकारण यो खाली उत् तर्क मात्रै हो। उहाँले राष्ट्रपति वा उपराष्ट्रपति पार्टीले निर्णय गरेर पठाउने भएकाले उनीहरूको कार्यकाल सकिएपछि फिर्ता लिन कुनै समस्या नहुने बताउनुभयो।
चीन भ्रमणपछि विद्या भण्डारीलाई अध्यक्ष बनाउने कुरा पनि पहिले चलेको तर पछि के भयो भन्ने आफूलाई थाहा नभएको प्रचण्डको भनाइ थियो। उनले विद्या भण्डारीको प्लान बी भन्ने कुरा हल्ला मात्र भएको र आफू र भण्डारीबिच अहिले कुनै सम्पर्क नरहेको बताउनुभयो। आफ्नो पार्टीले उपराष्ट्रपति नन्दकिशोर पुनलाई पार्टीमा फर्काएपछि पूर्वराष्ट्रपति भण्डारीलाई पनि राजनीतिमा आउन ढोका खोलिदिएको प्रचण्डले दाबी गर्नुभयो । पुनलाई राजनीतिमा ल्याएपछि भण्डारीका लागि पनि बाटो खुलेको प्रचण्डको भनाइ छ।
त्यस्तै भारत र चीनले लिपुलेक हुँदै व्यापार गर्ने गरी गरेको सम्झौताको विषयमा संवादबाट सिमानाको विवाद समाधान गर्नुपर्ने बताउनुभयो। लिपुलेक, कालापानी सिमाना विवादका बारेमा आफू प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा जाँदा वार्ताबाट समस्या समाधान गर्ने सहमति भएको उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्