काठमाडौं, असोज १०। गत भदौ २३ र २४ गते काठमाडौंसहित देशका विभिन्न भागमा भएको जेनजी आन्दोलनको प्रदर्शनका क्रममा सुरक्षा निकाय खाेसिएका, लुटिएका, चाेरिएका र हराएका हातहतियार र खरखजाना फिर्ता गर्न गृह मन्त्रालयले सार्वजनिक रुपमा आग्रह गरेको छ।
गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आन्दोलनकै बीचमा हराएको भनिएका ती सामग्री यदि कोही व्यक्तिको सम्पर्क वा पहुँचमा पुगेको भए असोज मसान्तभित्रै नजिकको प्रहरी वा सम्बन्धित सुरक्षा निकायमा बुझाउन अनुरोध गरेको हो। मन्त्रालयले हातहतियार वा खरखजाना बुझाउने वा त्यसबारे जानकारी दिने व्यक्तिलाई ‘उचित सम्मान’ गरिने उल्लेख गर्दै सो म्यादपश्चात त्यस्ता सामान राखेको पाइएमा कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।
जेनजी आन्दोलनका क्रममा देशभरि सुरक्षा व्यवस्थामा व्यापक चुनौती सिर्जना भएको थियो। प्रदर्शन तीव्र बन्दै जाँदा सुरक्षा निकायको साथमा रहेका केही हातहतियार र सामग्री हराएको सरकारी अभिलेखमा प्रष्ट भएको छ। ती सामग्री अहिले कसको नियन्त्रणमा छन् भन्ने विषय अझै अस्पष्ट छ।
सुरक्षा विज्ञहरूका अनुसार, यस्ता हराएका हतियार फिर्ता नगरेमा दीर्घकालीन सुरक्षामा जोखिम बढ्न सक्ने सम्भावना रहन्छ। ‘यस्ता हतियार गलत हातमा पर्नु भनेको समाजमा असुरक्षा थपिने खतरा हो ।














प्रतिक्रिया दिनुहोस्