जनता टाइम्स

१७ कार्तिक २०८२, सोमबार ०९:२८

राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान


काठमाडौं,  कात्तिक १७। राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमणका लागि त्यस तर्फ प्रस्थान गर्नुभएको छ ।

आज बिहान ९:१० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न गर्नुभएको हो ।उहाँ सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट विषय कार्यक्रममा सहभागी हुन त्यसतर्फ जानुभएको हो ।

राष्ट्रपति पौडेलसहितको टोलीले यही कात्तिक २० गतेसम्म कतारको औपचारिक भ्रमण गर्नेछ । गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वकृत गर्ने निर्णय गरेको थियो ।