काठमाडौं, कात्तिक ७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । उहाँले वाग्लेको अभिव्यक्तिले नेपाली राष्ट्रियताको अवमूल्यन गरेको आरोप लगाउँदै सरकारसँग जवाफ माग्नुभएको छ ।
नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालमा भारतविरोधी भावनासँग जोडेर राष्ट्रवादलाई व्याख्या गर्ने युग समाप्त भएको बताउनुभएको थियो ।
वाग्लेको उक्त अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै थापाले नेपाल–भारत सम्बन्धका सन्दर्भमा व्यक्त धारणा आपत्तिजनक भएको टिप्पणी गर्नुभएको छ । नेपालको राष्ट्रवाद कुनै मुलुकविशेषको विरोधमा आधारित नभएको उहाँको भनाइ छ ।
विदेशी मञ्चमा पुगेर भारतविरोधी राष्ट्रवादको युग सकिएको बताउँदै राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने तर्क गर्नु गैरजिम्मेवार भएको थापाले उल्लेख गर्नुभएको छ । केही व्यक्तिका अपवादमूलक धारणाका आधारमा सिंगो














प्रतिक्रिया दिनुहोस्