काठमाडौ, कात्तिक २३ । कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो ।
बोर्डका अनुसार पूरक परीक्षामा ७३ दशमलव ४१ प्रतिशत अर्थात् ७६ हजार ३ सय ६७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । गएको असोज ७ र ८ गते भएको परीक्षामा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए ।यसअघि गएको साउन ११ गते प्रकाशित भएको नियमित नतिजामा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए ।
वैशाख १४ गतेदेखि शुरू भएर २६ गते सकिएको परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ छात्र गरी तीन लाख ९० हजार आठ सय ४७ जना परीक्षार्थी सहभागी थिए ।
परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट चभकगति।लभद।नयख।लउ वा लभद।नयख।लउ र नेपाल टेलिकमको वेबसाइट जततउकस्ररलभद।लतअ।लभत।लउ बाट हेर्न सकिन्छ । यसैगरी ल्भ्द्य क्थmदय िल्गmदभच टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिन्छ ।













प्रतिक्रिया दिनुहोस्