जनता टाइम्स

७ मंसिर २०८२, आईतवार १५:४५

प्रधानमन्त्री कार्कीविरुद्धको अवहेलना मुद्दामा लिखित जवाफ माग गर्ने आदेश


काठमाडौँ,  मंसिर ७ । प्रधानमन्त्री सुशीला कार्कीविरुद्धको अदालतको अवहेलना निवेदनमा सर्वोच्च अदालतले लिखित जवाफ माग गर्ने आदेश गरेको छ ।

न्यायाधीश हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको इजलासले सो आदेश गरेको हो । राजदूत पुनः फिर्ता बोलाएर अदालतको आदेशको अवहेलना गरेको भन्दै सर्वोच्चमा दुई थान निवेदन दर्ता भएको थियाे ।