काठमाडौं, मंसिर ८। जेन–जी मुभमेन्ट नामक समूहले प्रधानमन्त्री सुशीला कार्कीको सरकारले जनविश्वास गुमाएको भन्दै राजीनामा मागेको छ । राजीनामा नगरेमा यो सरकारलाई बहिष्कार गर्न उक्त संगठनले देशवासीमा आह्वासमेत गरेको छ ।संगठनले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको हो ।
छोटो समयमै सरकारका मन्त्रीहरू विभिन्न काण्डमा फँस्न थालेको भन्दै विज्ञप्तिमा भदौ २४ गतेको आन्दोलनमा युवाहरूलाई उत्तेजित गर्ने काम प्रधानमन्त्री सुशीला कार्की र ओमप्रकाश अर्यालबाट भएको दाबी गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘उनीहरूले जानीजानी राज्यविहीनता र अराजकताको वातावरण सिर्जना गरेर राजनीतिक कु मार्फत सत्ता कब्जा गर्ने योजना बनाइरहेको तथ्य आज देशले स्पष्ट देखिसकेको छ, जनताले आज उनीहरुको वास्तविक उद्देश्य बुझिसकेका छन् ।’
देशलाई थप संकट अराजकता र अस्थिरतामा धकेल्ने कृत्यमा सुशीला कार्कीको समूह निरन्तर सक्रिय रहेकाे जनजी मुभमेन्टकाे आराेप छ । ‘यो सरकार संवैधानिक वैधताविहीन मात्र छैन, यसको राजनीतिक र नैतिकता र जनविश्वास दुवै समाप्त भइसकेको छ, अतः हामी सुशीला कार्कीलाई पदबाट राजीनामा दिन र जेन्जी विद्रोको भावना तथा जनअकांक्षा कुठाराघात नगर्न दृढ आह्वान गर्दछाैँ, सत्ता कु गरेर बनेको सुशीला कार्की र उनको मन्त्रीपरिषदलाई सार्वजनिकरुपमा बहिष्कार गर्दै अवज्ञा गर्न देशवासीलाई आह्वान गर्दछाैँ’, जेन–जी मुभमेन्टका प्रवक्ता विजय साहले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।














प्रतिक्रिया दिनुहोस्