जनता टाइम्स

२९ बैशाख २०७६, आईतवार १२:२६

सहकारी मार्फत महिला उद्यमशिलता विकासको लागि अन्तरक्रिया कार्यक्रम


काठमाण्डौं, बैशाख २९

महिलाहरुको छाता संगठनको रुपमा स्थापित महिला उद्यमी उपभोक्ता सहकारी संस्थाले राष्ट्रिय महिला सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सेन्टर फर इन्टरनेश्नल स्टडी कर्पोरेशनको सहयोगमा सञ्चालित कार्यक्रममा उद्यमशिलता मार्फत महिला सशक्तिकरणको विषयमा जोड दिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी महासंघका पूर्व अध्यक्ष दिपक बास्कोटाले महिला उद्यमी उपभोक्ता सहकारी संस्थाले अर्गानिक वस्तु उत्पादन मार्फत महिला उद्यमशिलतामा जोडदिएकोमा प्रशांसा व्यक्त गर्नुभयो । उहाँले प्रधानमन्त्रीले पनि हरेका कार्यक्रममा अर्गानिक खानामा जोड दिनुका साथै कृषी मन्त्रालयले पनि अर्गानिक उत्पादनको लागि राम्रो काम गरिरहेको भन्दै खुसी व्यक्क्त गर्नु भयो ।

उहाँले आफुले खाने तरकारी अर्गनिक उत्पादन गर्ने तर बेच्नको लागि विषादी र रासायनिक मल हाल्न नहुँने बताउनु भयो । कुन जिल्लाको सहकारीले के उत्पादन गर्ने हो पहिला तोक्न सुझाव दिनु भयो ।

कार्यक्रममा सहकारी संस्थाकोको बारेमा जानकारी दिदै भवानी श्रेष्ठले २२ जिल्लाका १०५ सहकारी संस्था महिला उद्यमी उपभोक्ता सहकारी संस्थामा आवद्ध भएको जानकारी दिनु भयो । महाराजगंजमा केन्द्रिय कार्यलय रहेको सहकारीको बनेपामा कारखाना स्थल रहेको बताउनु भयो । शिक्षा, उद्यमशिलता, उत्पादनमा विशेष जोडदिने सहकारीले अर्गानिक खेति प्रवर्दन , बिक्री केन्द्र स्थापना, शिप तथा अभिवृद्धी कार्यक्रमको लागि विभिन्न सरकारी कार्यलय संग समन्यय तथा सहकार्य गरिरहेको जानकारी दिनु भयो ।
सेन्टर फर इन्टरनेश्नल स्टडी कर्पोरेशनले नेपालमा कृषी, जडिबुटि, हस्तकला उत्पादन तथा बजार व्यवस्थापन गर्दै आएको छ ।