जनता टाइम्स

२९ बैशाख २०७६, आईतवार १२:३४

एनआई सी एशिया बैंकको नयाँ शाखा स्याङजाको आँधिखोलामा


काठमाण्डौं, बैशाख २९

एनआई सी एशिया बैंकले स्याङजा जिल्ला, अाँधिखोला गाउँपालिका मा नयाँ शाखाकार्यालय सञ्चालनमा ल्याएको छ ।

स्याङजा जिल्ला अाँधिखोला गाउँपालिका वडा नं ५,कृषि स्याङजास्थित कृषिशाखाको अाँधिखोला गाउँपालिकाका प्रमुख सुधिर कुमार पौड्यालबाट समुद्घाटन भएको हो ।

बैंकको मुलुकभर २८२ शाखाकार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्दै आएको छ ।