जनता टाइम्स

२९ बैशाख २०७६, आईतवार १५:२७

फर्निचर तथा फर्निसिङ एक्स्पो भदौमा हुने


काठमाण्डौं, बैशाख २९

फर्निचर तथा फर्निसिङ एक्स्पोफर्नेक्स आगामी भदौको अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरी एक्स्पोको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघले ५ दिनसम्म एक्स्पो सञ्चालन गर्ने जनाएको हो ।

संघको आयोजना विगत ६ बर्षदेखि फर्निचर तथा फर्निसिङ एक्स्पो आयोजना हुँदै आएको छ । सातौं संस्करणको एक्स्पो आगामी भदौ २५ गते देखि २९ गतेसम्म राजधानीमा संचालन हुने आयोजकले जानकारी दिएको छ ।

बढ्दो आधुनिक जीवन शैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य हुने बताइएको छ । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्रीप्रदर्शनीको मुख्यआकर्षण रहने आयोजकले बताएको छ । यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धितउत्पादनप्रदर्शनीको आकर्षण बन्ने आयोजकले जनाएको छ ।

मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने संघका अध्यक्ष रुपेश प्रधानले बताउनुभयो ।
प्रदर्शनीमा फर्निचरको प्रदर्शनीमात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउने मेलाका संयोजक मनिष अग्रवालले बताउनु भयो ।

एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गर्नेे छ । इभेन्ट सोलुसन प्रालिका प्रबन्धनिर्देशक विजय सागर प्रधानले फरक शैलीमा एक्स्पोको सातौं संस्करण आयोजना हुन लागेको बताउनु भयो । फर्निचर क्षेत्रको प्रविधि अवलोकन कर्ताको मूख्य आकर्षण बन्न सक्ने उनको भनाई छ ।

५ दिन सम्मचल्ले एक्स्पोमा स्वदेशी तथा विदेशी गरी डेढ सय फर्निचर र फर्निसिङजन्य सामग्रीका स्टल रहनेछन् । नेपालमा उपलब्ध फर्निचर तथा फर्नि्सिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा एक्स्पो आयोजना हुँदै आएको छ ।

नेपालमा वर्षेनी फर्निचर तथा फर्नि्सिङका उत्पादनहरुको ४० अर्ब रुपैंया बराबरको कारोबार हुने गरेका विभिन्न तथ्याङ्कले देखाएको छ ।