काठमाडौं, कात्तिक ५ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढीले निम्त्याएको विनाशको पीडा मनमा राख्दै यस वर्षको बडादशैँ मनाउनु परेकाे बताउनुभएकाे छ ।
विजयादशमीका अवसरमा उहाँले आफन्त तथा मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गरी आशीर्वाद लिनुभएको छ भने टीका थाप्न आउनुभएका व्यक्तिहरूलाई आशीर्वाद दिनुभएको छ।

मुख्यमन्त्री थापा मगरले सामाजिक सञ्जालमार्फत आफ्नो भावना व्यक्त गर्दै भन्नुभएको छ, “मन-मुटुभरि रसुवा बाढीको विपत्तिले निम्त्याएको विनाश सम्झिरहँदा पनि सधैँझैँ यसपटक पनि बडादसैँमा आफ्ना आफन्तजन तथा मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गरी आशीर्वाद लिएँ, आशीर्वाद लिन आउनुभएका सबैलाई आशीर्वाद दिएर बडादसैँको दसौँ दिन विजयादशमी मनाइयो।”
उहाँले जस्तोसुकै परिस्थितिमा पनि सनातन संस्कृति तथा परम्परालाई नछोड्ने र त्यसलाई निरन्तरता दिने नेपालीहरूको स्वभाव रहेको उल्लेख गर्दै यसलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ। उहाँले चाडपर्वको खुसी मनाउँदा विपत्तिमा परेका नागरिकको दुःख र पीडालाई नबिर्सिएकाे बताउनुभएकाे छ ।














प्रतिक्रिया दिनुहोस्