जनता टाइम्स

८ मंसिर २०८३, मंगलबार ०९:२३

गुडिरहेको जिपबाट खसेर ५८ वर्षीय यात्रुको मृत्यु, चालक प्रहरी नियन्त्रणमा


सिन्धुली, मंसिर ८ । सिन्धुलीमा गुडिरहेको जिपको ढोकाबाट खसेर एक यात्रुको मृत्यु भएको छ ।

कमलामाई नगरपालिका–२ भद्रकालीस्थित भित्री सडकखण्डमा सोमबार भएको दुर्घटनामा घ्याङलेख गाउँपालिका–४ बन्दीपुरका ५८ वर्षीय मानध्वज योञ्जनको मृत्यु भएको हो ।

घ्याङलेखबाट सिन्धुलीतर्फ आउँदै गरेको बा.२१ च ८३२५ नम्बरको डबल क्याब बोलेरो जिपको ढोकामा रहेको लक समातेर बसेका योञ्जन लक अचानक खुलेपछि खसेर गम्भीर घाइते हुनुभएको थियो ।

घाइते योञ्जनलाई सोही जिपमा उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनापछि प्रहरीले जिप चालक कमलामाई नगरपालिका–५ सिलामेका २४ वर्षीय टेकबहादुर स्याङ्बोलाई नियन्त्रणमा लिएको जनाएको छ ।