जनता टाइम्स

४ फाल्गुन २०७६, आईतवार १५:१२

युवालाई ऋण प्रवाह नगरेसम्म उद्यमशिलताको विकास हुँदैन : उपाध्यक्ष माधव ढुंगेल


सिन्धुली, फागुन ४

राष्ट्रिय युवा परिषद्ले युवालाई उद्यमशिल र स्वरोजगार बन्नको लागि उत्प्रेरीत गर्ने उदेश्यले फिक्कल गाउँपालिकामा ७ दिने उद्यमशिलता तथा वित्तिय साक्षरता तालिम दिएको छ । परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले प्रमाणप्रत्र वितरण तथा उद्यमशिलता र स्वरोजगार विषयमा आवश्यक परामर्श तथा सहुलियत कर्जाको सहजीकरण कार्यक्रमका युवाहरुको वर्तमान अवस्था र युवाहरुको समस्यालाई सम्बोधन गर्ने उदेश्यले नेपाल सरकारले युवा नीति २०७२ र दश वर्षे रणनीतिक योजना युथ भिजन २०२५ र कार्यक्रमको पाँच स्तम्भहरु ल्याएको बताउनुभयो ।

उहाँले गुणस्तरीय र व्यवसायीक योजना, रोजगारी, उद्यमशिलता र सिप विकास, स्वास्थय र सामाजीक सुरक्षा, युवा परिचालन, सहभागिता र नेतृत्व विकास र खेलकुद र मनोरञ्जनमा काम गरिरहेको बताउनुभयो । ‘परिषद्को स्थापना समयमा प्रतिवर्ष ५ लाख ३८ हजार युवा विदेशिने गरेकोमा हाल यसको दर घटेर प्रति वर्ष ३ लाख २३ हजारमा घटेको छ, यो राम्रो पक्ष हो,’ उहाँले भन्नुभयो, ‘नेपाली युवालाई स्वदेशमा नै उद्यमी र स्वरोजगार बनाउने उद्देश्यले एक गाउ एक उद्यम कार्यक्रम ४४७ वटा युवा उद्यम समुहलाई ५ लाखका दरले बिना धितो बिना ब्याज ऋण प्रवाह गरेका छौँ ।’

उहाँले ४७ जना युवालाई शैक्षिक प्रमाणपत्रका आधारमा उद्यमका लागि जनही २ लाखका दरले ऋण प्रदान र राष्ट्रपति महिला युवा उद्यम कार्यक्रम ११ वटा जिल्लाका दलित महिला युवाहरुलाई पाँच लाखको दरले लगानी गरेर नमुना मोडेल तयार पारी एकै पटक ठुलो भोलममा युवालाई उद्यमी बनाउन परिषद्को पहलमा अर्थ मन्त्रालयलेले जारी ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि संसोधन २०७६’ जारी गरिसकेकाले यसको प्रभावकारी कार्यान्वयनका लागी परिषद्ले अगुवाई गरिरहेको बताउनुभयो ।

साथै उपाध्यक्ष ढुंगेलले अहिलेसम्म २२ हजार युवाले सहुलियतपूर्ण कर्जा बैङ्कहरुबाट प्राप्त गरेको जानकारी दिनुभयो । सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान कार्यक्रमको उद्देश्य, उद्यमी सोच, ईच्छा शक्ती, शुरुवाती पूँजी लगानीका लागि बीना धितो नेपाली युवालाई परियोजना र नेपाली नागरितामा विश्वास गरी बैङ्कलाई कर्जा प्रभाग गर्न आग्रह गर्नुभयो । अधिकार प्राप्तिको लडाई सकिएकाले संविधानमा उल्लेखित समाजवाद ल्याउने दिशामा अघि बढनुको विकल्प नरहेको बताउनुभयो।

एक अर्को प्रसंगमा नेपाल प्रकृतिको धनि देश भएको भन्दै उहाँले हामीलाई बुद्ध, सगरमाथा, पशुपतिनाथ, रमणीय ताल हिमाल पहाड र तराई प्रकृतिले दिएको बताउनुभयो । तर यिनीहरुको प्रयाप्त उपयोग गर्न नसक्दा हामीले चाहेजति आर्थिक लाभ लिन नसकेको दुखेसो पोख्नुभयो । प्रकृतिले दिएका चिनारीसँगै अब हामी युवाले हाम्रो किस्मतले नेपाललाई विश्वमा चिनाउनु सकिनु पर्ने बताउनुभयो ।

देशले रुपान्तरणको बाटो पहिलाएको छ,आधार निमार्ण गरेको छ, प्रति बर्ष २ अर्बको कृषिजन्य बस्तुको आयतलाई विस्तापन गर्न परिषद्ले कृषि उद्यमशिलतामा जोड दिएको छ। देशमा संभव छ, नेपाल हामी बनाउँछौ, शुरुवात आजैबाट शुरु गरौ भन्दै उधमी बन्न युवालाई आग्रह गर्नुभयो। कार्यक्रममा राष्ट्रिय बाणिंज्य बैङ्कका कार्यकारी अधिकृत किरण श्रेष्ठले समृद्धि राष्ट्र निमार्णका लागी निम्न स्तरका युवाहरुको जिवनस्तर उठाउन सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम ल्याएकाले यसको प्रभावकारी कार्यान्वयनमा बैङ्कले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।

नेपाल सरकारको नीति तथा कार्यक्रम सफल कार्यन्वयन गर्न बाणिज्य बैंक तयार रहेको पनि बताउनुभयो । एक पानाको निवेदनका आधारमा कर्जा प्रर्बाह गर्न नसकिने भन्दै श्रेष्ठले उद्यमिहरुले बैंकको ढाँचामा परियोजना छ कि छैन ? परियोजना ठिक छ कि छैन् ? किर्ता तिर्न सक्छ कि सक्दैन ? नाफा घाटा के हुन्छ ? लगानी सुरक्षीत हुन्छ कि हुदैन ? जोखिम के छ भन्ने कुरामा बैंकले हेर्ने कारणले गर्दा सोचेजति सहुलियतपूर्ण कर्जा लगानी नभएको स्वकार्नुभयो।

कर्जा सुरक्षण प्रिमियर र बीमा सरकारले गर्ने व्यवस्था रहेकाले विना धितो १५ लाखसम्म लगानी गर्न बैङ्कलाई समस्या नरहेको बताउनुभयो । बाणिंज्य बैंकले महिला उद्यमिको हकमा २.६० प्रतिशत व्याजदरमा र पुरुषको हकमा ३.६० प्रतिशत व्याजदरमा ७ महिनामा १०१२ जनालाई एक अर्ब लगानी गरिसकेको बताउनुभयो । फिक्कल गाउँपालीकाका धनबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विशेषगरी युवाहरुको सक्रिय उपस्थिति रहेको थियो ।