रामेछाप, २ जेठ। रामेछापको सुनापति गाउँपालिका–२ दिमिपोखरीमा एक वृद्ध दम्पती लुटिएका छन् ।
दिमिपोखरीका वृद्ध दम्पती बैशाख ३१ गते लुटिएका हुन् । स्थानीय ६५ वर्षीय सानुकान्छा तामाङ र उहाँकी श्रीमती सानुकान्छी घिसिङको घरमा राति १२ बजेतिर एक जना व्यक्ति प्रवेश गरी दुवै जनलाई कुटपिट गरी कानमा लगाएका सुनका गहना लुटेर लगेका थिए ।
सो क्रममा सानुकान्छाको कान र टाउकोमा चोट लागेको छ । त्यस्तै सानुकान्छीको कान र गालामा चोटपटक लागेको छ ।
लुटपाटको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले सुनापती गाउँपालिका–दिमिपोखरीका पेम्बा मोक्तानलाई पक्राउ गरेको छ । मोक्तान उनीहरूकै छिमेकी हुन् ।
प्रतिक्रिया दिनुहोस्