जनता टाइम्स

१९ फाल्गुन २०७६, सोमबार १३:०५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत यात्राको भू–राजनैतिक महत्व : यी हुन मुख्य तीन सन्देश


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बहुचर्चित भारत यात्रा विश्व सञ्चारको महत्वपूर्ण विषय हुनु स्वभाविक नै हो । कुनैपनि उच्चस्तरीय यात्रा खास परिवेशको लागि चर्चित हुन्छ । अहिले विश्व राजनीतिक नयाँ नयाँ समीकरण र नयाँ नयाँ गठबन्धन बन्दै र बिग्रदै गइरहेको रहेकोछ । भारत र अमेरिकाको सम्बन्धमा विभिन्न आरोह र अवरोहहरू बेला बखतमा देखिएको छ । इतिहासको एउटा खास कालखण्डमा अमेरिकाका राष्ट्रपति स्तरको भ्रमण पनि लामो अवधिसम्म विराम लिइएको थियो । अर्थात सन् १९७८ मा अमेरिकी राष्ट्रपति जिमी कार्टरको भ्रमणपछि सन् २००० सम्म कुनै पनि अमेरिकी राष्ट्रपतिको भारत भ्रमण भएको थिएन । अमेरिकी राष्ट्रपति क्लिनटनपछि निरन्तर रूपले हरेक अमेरिकी राष्ट्रपतिहरूको भारत भ्रमण भइरहेको छ । दुई पटक भारत भ्रमण गर्ने राष्ट्रपतिमा ओवामा पर्दछन् ।

नब्वेको दशकपछि सुस्तरी अमेरिकी मानसिकतामा भारतप्रति सकारात्मक दृष्टिकोण बन्दै गइरहेको छ । वदलिंदो परिवेश अमेरिकी दृष्टिकोणमाथि समिक्षा गर्दै भारतका पूर्वराजदूत अशोक सज्जनहाटले प्रष्ट रूपमा भन्दछन् कि नब्वेभन्दा पहिले भारतीयहरूलाई एउटा कामदार र जागिरे र साथ साथै अमेरिकीमाथिको थप बोझको रूपमा अपहेलना गर्थे भने वर्तमान अवस्थामा भारतीयहरूलाई उच्च क्षमता भएको र प्रविधिमा विशेषता भएको व्यक्तित्वको अमेरिकीहरूले ग्रहण गर्ने गरेको छ । कुनैपनि राष्ट्रको आन्तरिक अवस्था र त्यसको मानसिकताले परराष्ट्रनीतिलाई परिचालित गर्दछ । अहिले अमेरिकामा चार मिलियन भारतीय मूलका मान्छेहरू बसोवास गर्दछन् । अमेरिका र भारतको व्यापारिक कारोवार १६० विलियन अमेरिकी डलरभन्दा माथि पुगेको देखिन्छ । व्यापारिक कारोवार प्रत्येक वर्ष १० प्रतिशतले बढेको देखिन्छ । यस अवस्था ट्रम्पले आफ्नो चुनावी अभिमानलाई यही सम्वन्धको धरातलबाट सुरु गर्ने दृष्टिकोणबाट यो यात्रा परिलक्षित रहेको देखिन्छ ।

भारत र अमेरिका सात दशकको कूटनैतिक यात्रामा यस किसिमको भव्य स्वागत कुनै पनि अमेरिकी राष्ट्रपतिलाई भारतमा भएको थिएन । जहिले पनि आफ्नो विरोधाभाष, प्रतिक्रियात्मक र कटाक्षपूर्ण अभिव्यक्तिले गर्दा छापाखाना र सञ्चारमा चर्चामा भइरहने ट्रम्प यस यात्रामा अति धीर, गम्भीर र संयमित भएर आफ्नो अभिव्यक्ति दिएका छन् । ट्रम्पले अहमदावादमा दिएको भाषण र दिल्लीमा भएको प्रेस कन्फ्रेन्सले ट्रम्पको यात्राको भू(राजनैतिक महत्वलाई उजाजर गर्दछ । ट्रम्पले आप्mनो भाषणमा भारतसँग काँधमा काँध मिलाएर ‘इस्लामिक आतंकवाद’ सँग लड्ने उद्घोष गरेका छन् । एक अर्थमा भन्ने हो भने यसभन्दा पूर्व अभिव्यक्तिहरूमा ‘आतंकवाद’ शब्द मात्रै इंकित हुने गथ्र्यो तर यो ऐतिहासिक भाषणमा इस्लामिक शब्द जोडेर सिरिया, इराक र इरानमा आपूmले गरेको सैनिक कार्यवाहीलाई स्मरण गराउँदै अतिवाद र आतंकवादलाई जडबाट नै निर्मुल गर्ने अमेरिकाको संकल्प रहेको कुरा राष्ट्रपति ट्रम्पले वडो सौम्य भाषामा प्रष्ट पारेका छन् ।

दक्षिण एसियामा सन्तुलनको सिद्धान्तलाई आफ्नो नीति बनाउँदै राष्ट्रपति ट्रम्पले पाकिस्तान आप्mनो पुरानो मित्र भएकोले आतंकवादसँग जुध्न र निर्मुल अमेरिका र पाकिस्तानको संयुक्त प्रयास सकारात्मक रूपले अगाडि बढिरहेको चर्चा गरे । पाकिस्तानप्रतिको टिप्पणीलाई दुई किसिमको विश्लेषण भारतमा गरेको पाइन्छ । सत्तारुढ बिजेपीका नेता डा. समित पात्राले के भनेका छन् भने ट्रम्पको अभिव्यक्तिले पुष्टि गरेको छ कि पाकिस्तान इस्लामिक आतंकवादको कारखाना हो । पात्राका अनुसार ट्रम्पको अभिव्यक्ति सांकेतिक छ र भारतको पक्षमा रहेको छ तर भारतका पूर्वराजदुत विवेक कटाजुले ट्रम्पको पाकिस्तान माथिको टिप्पणीलाई गहण रूपमा लिदै के भनेका छन् कि अमेरिका र पाकिस्तानको मित्रतामा कुनै पनि परिर्वतन भएको छैन । अमेरिका पाकिस्तानको मद्धत विना अफगानिस्तानको समस्यालाई समाधान गर्न सक्दैन । अर्थात यी दुई वटा पृथक व्याख्याका विच एउटा मिलनबिन्दु के छ भने अमेरिका कुनै पनि हालतमा इस्लामिक आतंकवादलाई दबाउन खोजेको छ, जसका लागि भारतसँग सहकार्य गर्न इच्छुक रहको देखिन्छ ।

भारतका पूर्वराजदुत अशोक सज्जनहारले ट्रम्पको यात्रालाई तीन भागमा विभाजन गरेर विश्लेषण गरेका देखिन्छ । पहिलो भागमा भारत र अमेरिका विचको सामारिक र सुरक्षा सम्वन्ध । यस यात्रामा ट्रम्पले भारतलाई तीन विलियन मूल्य जतिको हतियार, हेलिकोप्टर, मिसायल र अरु युद्धका हतियारहरू भारतसँग बेच्ने घोषणा गरेका छ । आफ्नो सार्वजनिक भाषणमा ट्रम्पले यो हतियार र सामग्री संसारको उच्चकोटिको भएको पनि उद्घोष गरेका छन् । ट्रम्पको यात्राको अर्को पाटो उर्जा समवन्धी हो । विगतका दिनमा भारत उर्जामा पूर्णरूपले इरानसँग कारोवार गर्थे । अमेरिकी दवावका कारण अहिले उर्जाको कारोवार इरानसँग न्यून रहेको देखिन्छ । वर्तमान अवस्थामा भारत ८७ प्रतिशत तेल र ४० प्रतिशत ग्यास आयात नै गर्दछ । अमेरिकाले भारतसँग उर्जा सम्झौता गरेर भारतलाई उर्जा निर्यात गर्न सहमत भएको देखिन्छ । यातायात खर्चमा सहुलियत दिएर आफ्नो निर्यातलाई अमेरिकाले निरन्तरता दिने वचनवद्धता पनि देखाएको छ । ट्रम्पको यात्राको तेस्रो पाटो हो–इन्डोप्यासिफिक नीति ।

ट्रम्पले आफ्नो अभिव्यक्तिकै क्रममा इन्डोप्यासिफिक नीतिअन्र्तगत जापान, अष्ट्रेलिया, भारत र अमेरिकाको सामरिक र सैनिक गठजोडलाई बलियो बनाउँदै हिन्द महासागरमा क्वार्ड (अमेरिका, जपान अष्ट्रेलिया र अमेरिका) को दवदवालाई बढाउँदै लग्ने र चीनलाई हिन्द महासागरमा कमजोर बनाउँने नीति रहेको देखिन्छ । ट्रम्पको यो नीतिबाट मोदी पूर्ण रूपमा सहमत देखिएका छैनन । अमेरिकाले इन्डोप्यासिफिकलाई एउटा रणनीतिको रूपमा मात्रै लिएको छ भने भारतले यसलाई अर्थनीतिको रूपमा लिएको छ । अर्को शब्दमा भन्ने हो भन्ने भारतले आसियानका मूलुकहरू थायल्याण्ड, इन्डोनेसिया, मलेसिया, सिंगापुर, भियतनाम जस्ता मूलुकहरूसँग आर्थिक सम्वन्धलाई घनिभुुत पार्दै इन्डोप्यासिफिकलाई सामरिक भन्दा आर्थिक कारोवारका लागि यथेष्ट रूपमा प्रयोग गर्ने भने भारतको नीति रहेको देखिन्छ ।

चीनको रेश्म रोड (सिल्क रोड) को प्रतिउत्तरमा अमेरिकाले एउटा नयाँ नीति सारेको छ । जसलाई ‘ब्ल्यु डाउँट नेट वर्क’ भनिएको छ । अर्थात् आफ्नो बजेटवाट ६० विलियन डलर गरिब राष्ट्रहरूको पूर्वाधार निर्माणमा खर्च गर्ने अमेरिकी नीति रहेको छ । यही नीति अनुरूप नै जपानका राष्ट्रपति आवे र भारतका प्रधानमन्त्री मोदीले वंगलादेश र श्रीलङका पूर्वाधार निर्माण गरी चीनको पँहुचलाई कम गर्ने पनि सम्झदारी भएको थियो । अर्को शब्दमा भन्ने हो भन्ने यस यात्राको एउटा मुख्य उद्देश्य इन्डोप्यासिफिक नीतिलाई अगाडि बढाउनु हो ।

ट्रम्प र मोदीबीच एउटा खास सम्झौता भएको छ । जसलाई ‘क्रम्पेहनसिभ ग्लोवल स्ट्राटेजीक पार्टनरसिप’ (समग्र सामुहिक गठजोड) भनिएको छ । यस अन्र्तगत आउँने दिनमा भारत र अमेरिका हरेक वैश्विक समस्यालाई साझा रूपमा मानव स्वतन्त्रता र सामानताको चश्माबाट हेर्ने वचनवद्धता जाहेर गरेको देखिन्छ । यस यात्राका माध्यमबाट लागूपर्दाथ र स्वास्थ्य क्षेत्रमा भारत र अमेरिकासँगै काम गर्ने पनि सम्झौता भएको देखिन्छ । प्रष्ट रूपमा भन्दा के बुभ्mन सकिन्छ भने अफगानिस्तानमा संसारको सबभन्दा बढी अफिमको उत्पादन हुन्छ ।

अफिमको पैसा सिधै तालिवानीको हातमा जान्छ र तालिवानले आतंकवादको भय र त्रास सारा संसारमा फैलाउछ । युरोप, अमेरिका र भारत आतंकवाद र लागूपर्दाथवाट पीडित र घायल छ । यस अर्थमा भारत र अमेरिका लागूपर्दाथ र आतंकवादको विराधसँगै युद्ध गर्ने भने यो यात्रा सङकल्पित रहेको देखिन्छ ।

अमेरिका यो यात्राको माध्यमबाट व्यापारमा सफल भएको छ । ट्रम्पले प्रचुर व्यापार गर्न पाउनु, अमेरिकी राजनीति र समाजमा भारतमा भएको अपूर्व स्वागतको सकारात्मक सन्देश पठाउँन सक्नु र दक्षिणी एसियामा आप्mनो ध्यान पूर्वरूपमा केन्द्रित रहेको प्रस्तुति गर्नु अमेरिकी कूटनीति सफलता हो भने भारतले सन् २०३० मा विश्वको तेस्रो अर्थशक्ति वच्न संकल्पित हुनु, २०५० मा दोस्रो आर्थिक महाशक्रिको लक्ष्य राख्नु र वर्तमान अवस्थामा पाँच ट्रिलियनको अर्थ व्यवस्थाको लागि संकल्पित हुनको लागि अमेरिकी सहयोग र सहकार्य आवश्यक हुनुले गर्दा यो यात्राले दुईवटै मुलुक कूटनीतिलाई सफल बनाएको देखिन्छ ।