जनता टाइम्स

१५ जेष्ठ २०७७, बिहीबार १८:४५

अर्थमन्त्रीद्वारा १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट प्रस्तुत : यस्ता छन मुख्य प्राथमिकता


काठमाडौं, जेठ १५ । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आज संघीय संसदमा १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गर्नुभएको हो ।

चालु आर्थिक वर्ष २०७६/७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ८ खर्ब ८९ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ जुटाइने अर्थमन्त्री खतिवडाले बताउनु भयो । अर्थमन्त्री खतिवडाले आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने जानकारी दिनुभयो ।

यस्ता छन बजेटका प्राथमिकता

स्वास्थ्य क्षेत्रलाई गत वर्षभन्दा २१ अर्ब ९१ करोड बजेट बढी ।
कोरोनाका लागि छुट्याएको ६ अर्ब बजेट पूर्वाधारदेखि प्रोत्साहन भत्तासम्ममा खर्च गरिने ।

तत्काल चाहिने औषधि र उपचार कम हुन नदिन ६ अर्ब बजेट
सबै प्रदेशमा अत्याधुनिक प्रयोगशाला स्थापना ।
स्वास्थ्य पूर्वाधार विकासका लागि १२ अर्ब ४६ करोड बिनियोजन
३ सय शय्याको सरुवारोग अस्पताल । सबै प्रदेश राजधानीमा सरुवारोग अस्पताल
सबै स्वास्थ्यकर्मीको ५ लाखको विमा
तीन वर्षभित्र सबैको स्वास्थ्य विमा । सबै स्थानीय तहका ४० प्रतिशतलाई स्वास्थ्य विमाको दायरामा ल्याउने । यो कार्यक्रमका लागि ७ अर्ब बिनियोजन ।

आगामी वर्ष नेपाललाई पूर्ण खोपयुक्त घोषणा गर्ने ।
केन्द्रीय अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा निशुल्क हुने
स्थानीय तहमा २ सय ७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड ।
प्रमुख प्रवेश नाकामा स्वास्थ्य जाँच गर्ने पूर्वाधार बनाउने ।

काठमाडौं–तराई द्रुतमार्गको बजेट ८ अर्ब ९३ करोड

सांसद विकास कोषको बजेट घट्यो, एक निर्वाचन क्षेत्रलाई ४ करोड ।

शिक्षा क्षेत्रलाई एक खर्ब ७२ करोड, १८०० विद्यालय भवन बन्ने ।
कृषि मन्त्रालयको बजेट ७ अर्बले बढ्यो ।
रेलमार्ग बनाउन सरकारले छुट्यायो ८ अर्ब ६६ करोड ।
टोखा सुरुङमार्ग बन्ने, सुरुङ मार्गहरूले पाए ६ अर्ब ४२ करोड ।

श्रम स्वीकृती नलिई बिदेसी नागरिकलाई काममा लगाउन नपाउने ।
चार अन्तर्राष्ट्रिय विमानस्थललाई १९ अर्ब ४२ करोड ।
नेपालगञ्ज र भैरहवामा आईसीपी, कञ्चनपुरमा सुख्खा बन्दरगाह निर्माण गरिने ।
आयात निरुत्साहित गरिने, पेय पदार्थको मापदण्ड तोकिने ।
कोरोनाविरुद्ध खटिनेबाहेक सबै कर्मचारीको भत्ता कटौती ।
मध्यपहाडी लोकमार्गले पायो ८ अर्ब २७ करोड बजेट ।
पुनर्निर्माणको बजेट ६६ अर्बले घट्यो ।
सरकारले सबै सरकारी कर्मचारीको कोरोना बिमा गरिदिने ।
हुलाकी सडकलाई ७ अर्ब १ करोड विनियोजन ।
बिमा प्रिमियममा ५० प्रतिशतसम्म अनुदान दिइने ।
विदेशमा अलपत्रलाई ल्याउन बजेट विनियोजन, ७५ हजारलाई सिप सिकाइने ।
सुनकोशी–मरिन डाइभर्सन आयोजनालाई साढे २ अर्ब ।
सामाजिक सुरक्षा भत्ताको निरन्तरता, बजेट एक अर्बले बढ्यो ।
नयाँ व्यवसायीलाई ऋणमा सहुलियत दिने सरकारको घोषणा ।