भक्तपुर । बिहान सवेरै उठछन, नित्यकर्म सकाएर तत्कालै आफ्नो निर्वाचन क्षेत्रमा भइरहेको बिकाश निर्माणका कामकोे निरीक्षणमा पुग्छन । बिशेष कामबाहेक कुनै नेता वा मन्त्री भेटदैनन, दिनभर आफ्नो निर्वाचन क्षेत्रकै निर्माणधीण कामको अवलोकन तथा निरीक्षणमा बिताउँछन । कमशल निर्माण सामाग्री प्रयोग भएको पाइए तत्कालै सुधार गर्न ठेकेदारलाई निर्देशित गरी गुणस्तरीय काम गर्न बाध्य पार्छन ।
यी जनप्रतिनिधि हुन, भक्तपुर क्षेत्र नम्बर दुईबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत । बिपक्षी र कामचोरहरुका लागि बोलीमा जति खरो देखिन्छन, त्यो भन्दा खरो रुपमा निर्वाचन क्षेत्रको बिकासमा उत्रिएका छन महेश । महेशको निर्वाचन क्षेत्रमा भइरहेको बिकाशको कामले मतदाताको बिश्वाश मात्रै जितेको छैन, देशभरका लागि नमुनायोग्य निर्वाचन क्षेत्र बनेको छ । बस्नेतको कामले विकास हेर्न सरकारको मुख ताकेर मात्रै नबस्नु, महेश बस्नेतको निर्वाचन क्षेत्र जानू भन्ने जवर्जस्त मान्यतासमेत स्थापित भएको छ ।
बस्नेतले आफ्नो निर्वाचन क्षेत्रको बिकाशमा ध्यान दिएर समृद्ध नेपाल : सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई कसरी साकार पार्न सकिन्छ भन्ने प्रमाण पनि दिइरहनु भएको छ । राजनीतिक र सामाजिक भावलाई हुत्याएर विधि निर्माणमा मात्र केन्द्रित हुने सांसदले जनताको चाहना पूरा गर्न नसक्ने मात्रै होइन, सामना गर्न पनि कठिन हुन्छ भन्ने मान्यता राखेर बस्नेतले आफ्नो निर्वाचन क्षेत्रमा विकासको काम अघि बढाएर यस्तो अवस्था सिर्जना गर्नुभएको हो । महेशले जनताले संविधानको धारा र आउने कानुनका विषयमा सांसदसँग गुनासो गर्दैनन, उनीहरूको भावना बाटो, खोला, पुल, खानेपानी जस्ता समस्यासँग नै जडित हुन्छन भन्ने राम्रै बुझ्नु भएको छ ।
‘जनप्रतिनिधिको हैसियतले स्थानीय तह होस वा विधायक नै किन नहोस, आम जनताको चाहना विकास र रुपान्तरणकै तहमा बुझिन्छ । हामीले सांसदको भूमिका विधि निर्माणमा सीमति हुनुपर्छ भने पनि निर्वाचनका बेलामा पुल, बाटो, कुलो, खानेपानी भन्ने नै जनताको माग हुन्छ,’ जनताटाइम्सको जिज्ञासामा पूर्वमन्त्री बस्नेतले भन्नुभयो । बस्नेतले अरुको मुख नताकी आफ्नो निर्वाचन क्षेत्रमा आएको बिकाशलाई सही ढंगबाट अघि बढाउँदा आम जनतालाई फाइदा हुने र बिकाशको प्रतिफल पाइने भएकोले सवै कामको अनुगमन गरी सांसद विधि निर्माणमा मात्रै बन्धक बन्नु हुँदैन भन्ने उदाहरण पनि दिनुभएको छ ।
‘हामीले जानेर नजानेर जनतासँग प्रत्यक्ष जोडिने विकासको भावनाकै पक्षले निर्वाचन जितेका हुन्छौं । त्यो पूरा नगर्दा फेरि अर्को पटक जनतामा जाने आधार पनि हुँदैन । हामीले पनि अनुभूति गरेका छौं । तर परिवर्तन त अवश्य हुनुपर्छ’, हरेक जनप्रतिनिधि जनताको विकासको भावनासँग जोडिनुपर्ने बताउँदै बस्नेतले भन्नुभयो । हरेक दिन बिकासको काममै भेटिने बस्नेत आफू जनतामाझ परीक्षणकै चरणमा रहेको बताउनु हुन्छ । ‘समाज परिवर्तन गर्ने भनेको मानव सूचांकांकको डाटा सच्याउने नै हो । कुरा ठूला गर्ने काम नगर्ने, चर्चामा आउनका लागि मात्र कुरा गर्ने प्रवित्ति छ । यसलाई चिर्न विकासकै कसीमा व्यवाहारिक रुपमा उत्रिनुको विकल्प छैन । म त्यसैको परीक्षामा छु,’ बस्नेतको भनाई छ ।
उद्योगमन्त्रीको जिम्मेवारी सम्हाल्दा उपल्लो तहको राज्यसंयन्त्र बुझेका र सानो उमेरमा नै गाविस अध्यक्षमा निर्वाचित हुँदा तल्लो तहका भावनासँग जोडिएको अनुभवले पनि उहाँमा यस्तो भावना पलाएको हो । यही भावना बुझेकैले बस्नेत ‘थिंक ग्लोबल्ली, एक्ट लोकल्ली’ भन्ने मान्यतासहित काममा उत्रने गर्नुभएको छ । ‘काम गर्ने दौरान राज्यका विभिन्न तहमा रहेका सुखदुखको साथीको सहयात्री हुन पुगें । त्यसक्रममा राज्यको प्रशासनिक तहमा के के रहेछन भन्ने बुझ्ने मौका पाएँ मेरो वैयक्तिक स्वभावका कारणले पनि हुनसक्छ, सबैले सहयोग गर्नुभयो, त्यसैको परिणाम होला, न्याय नपाए गोरखा जानु भनेजस्तो विकास हेर्न भक्तपुर जानु भने जस्तो भयो,’ बस्नेत भन्नुहुन्छ ।
भक्तपुर २ का परिणाम हेर्दा तर्कमा होइन, तथ्यमा नै बस्नेतको विकासमन्त्रले काम गरेको प्रष्टै देखिन्छ । ती मध्येका एक हो, हनुमन्ते खोलाले दिने गरेको सदाबहार दुःखको अन्त्य । भक्तपुर २ का बासिन्दाका लागि सधै त्रसित बन्नुपर्ने समस्या थियो हनुमन्ते करिडोरको डुबान । डुबिरहने एउटा पूरै बस्ती र जमिनलाई राहत दिलाउने काममा सांसद बस्नेतको भूमिका प्रमुख रह्यो । बस्नेतलाई असफल बनाउन ठूलै प्रयाश भए, तर ती सवै बिफल बनाएर असल जनप्रतिनिधिको पहिचान बस्नेतले बनाएको हनुमन्ते आसपासका स्थानीयबासी बताउँछन् । हनुमन्ते करिडोरको व्यवस्थापनका निम्ति ३ अर्ब २० करोड बजेटको ब्यवस्था गराई बस्नेतले खोला व्यवस्थित गरि दिनुभयो । पहिला खोला ५ मिटरमा मात्र बग्थ्यो, जस्को कारण बर्षायाममा बस्ती डुबान हुन्थ्यो । यो पीडाबाट निकाल्न सांसद बस्नेतको योगदान अतुलनीय बन्यो ।
अधिकार सम्पन्न बागमती सभ्यता समितिमा बस्नेतले समस्या राखी समाधानका निम्ति पहल अघि बढाउनु भयो । यसले लोकन्थलीदेखि राधेराधे, भाटभटेनी र सल्लाघारीसम्मका जनताले राहतको अनुभूति गरे । यीनै क्षेत्रमा बस्नेतकै पहलमा ५ हजार रोपनी क्षेत्रको जमिनलाई व्यवस्थित र उपयोगयोग्य मात्र होइन, व्यवस्थित बस्तीको अवधारणालाई अघि सारिएको छ । विकासयात्रामा बस्नेतको कामको परिणामको अर्को प्रमाण पेप्सीकोला–सानोठिमीदेखि सल्लाघारीसम्मको सडक विस्तारको योजना पनि हो । ६६ करोडको सो बजेट बस्नेतले आफ्नै पहलमा उपत्यका सडक विस्तारबाट ल्याउनु भएको थियो ।
१७ हजार ८ सय रोपनी क्षेत्रमा गुन्डु–बालकोट क्षेत्रमा स्मार्टसिटीको काम अघि बढाउने प्रक्रिया थाल्नु बस्नेतको कौशलताको अर्काे प्रमाण हो । २२ अर्बको लगानी रहने उक्त स्मार्टसिटीका निम्ति २ करोड खर्च गरी डिपीआर पनि तयार भएको छ । सूर्यविनायकमा अन्तर्राष्ट्रिय चिडियाखानाको डिपिआर ८ करोडमा तयार भएको छ । बस्नेतकै पहलमा २ सय ४५ हेक्टर जमिनमा बन्ने यो चिडियाखानाले भक्तपुर २ को मात्र होइन, मुलुककै परिचय स्थापित गर्न सक्नेछ । शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा स–साना र ठूला आयोजनामा स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारसँग समन्वयकारी भूमिकासहित अघि बढनुभएका बस्नेत धुलिखेलदेखि सूर्यविनायकसम्मको सडकलाई ६ लेनको बनाउने बजेटमा पार्न सफल हुनुभयो ।
यतिमात्र होइन, बस्नेतको अर्काे ड्रिम प्रोजेक्ट भक्तपुरको गट्ठाघरमा ५ हजार जना मानिस अटाउन सक्ने अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ७ अर्बको लगानीमा बन्ने तरखरमा रहेको छ । सरकारले केही गरेन भन्दै गाली गरेर दिन बिताउने कतिपय अवस्थामा सरकारले गरेका राम्रा कुरा जनतामा गसांसद वा जनप्रतिनिधिलाई काम गर्न कसैको मुख ताक्नु पर्दैन, आफै इमान्दारिताका साथ लागे पुग्छ भन्ने प्रमाण पनि बस्नेतले ब्यवहारबाट दिनुभएको छ । त्यसैको परिणाम हो, यतिबेला भक्तपुर २ मा सांसद आएन भन्ने मतदाताको गुनासा सुनिदैन, सधै यस्तै सांसद होस, हाम्रो महेश अरु जस्तो नबिग्रियोस भन्ने आवाज सुन्न पाइछ ।
प्रतिक्रिया दिनुहोस्