काठमाडौं, असार ३०
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अभिव्यक्ति गैरजिम्मेवार भएको बताउनु भएको छ । उहाले गैरजिम्मेवार र निराधार अभिव्यक्ति दिएर जनतालाई गलत सूचनाका साथ भड्काउन खोजेको स्पष्ट पार्नुभयो ।
६५औं प्रहरी दिवसका अवसरका प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्णय नै नभएको र कसले बनाउछ भनेर टुंगो नै नभएको आयोजनामा यति अर्ब बाडेर खाए भनेर भन्नु गैरजिम्मेवार कुरा रहेको बताउनु भयो । पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले बुढीगण्डकी आयोजनामा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र शेरबहादुर देउवाले ९ अर्ब खाएको र त्यसको प्रमाण आफुसँग रहेको अभिव्यक्ति दिनु भएको थियो । यद्यपी त्यसपछि भने उहाले प्रमाण नदेखाउने बरु छानविन भए त्यहा कुरा राख्ने भनेर अभिव्यक्ति फेर्नु भएको छ ।
‘एउटा निर्णय नभएको, कसैले नलिएको, कार्यआरम्भ नभएको, र त्यो हुन्छ हुदैन, कसले गर्छ गर्दैन, कसरी गर्छ भन्ने टुंगो नभएको आयोजना, पूर्व प्रधानमन्त्री, वर्तमान प्रधानमन्त्री समेतले यति अर्ब बाडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यस्ता गैरजिम्मेवार अभिव्यक्ति निराधार अभिव्यक्तिको एउटा कुरा हो तर, हामी त्यस्तो गैरजिम्मेवार हुन सक्दैनौं । त्यत्ति अनुत्तरदायी हुन सक्दैनौं ।’ उहाले देश र जनतालाई गलत सुचना दिएर भ्रममा पारेर भड्काएर, गलत बाटोमा लाने कुचेष्टा नगर्न आग्रह गर्दै भन्नुभयो, ‘हामी सत्य, निष्ठा जिम्मेवारीभावका साथ मात्रै अगाडी बढ्न सक्दछौं ।’
यस्तो छ उहाले यो विषयमा दिएको अभिव्यक्ति
नेपाल सरकारले भ्रष्टचारविरुद्ध शुन्य सहनशिलताको नीति लिएको छ । हुन त केही गैरजिम्मेवार तत्वले गैरजिम्मेवार तरिकाले बोलेर हिडेको पनि मैले सुनेको छु । एउटा निर्णय नभएको, कसैले नलिएको, कार्यआरम्भ नभएको, र त्यो हुन्छ हुदैन, कसले गर्छ गर्दैन, कसरी गर्छ भन्ने टुंगो नभएको आयोजना, पूर्व प्रधानमन्त्री, वर्तमान प्रधानमन्त्री समेतले यति अर्ब बाडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु । यस्ता गैरजिम्मेवार अभिव्यक्ति निराधार अभिव्यक्तिको एउटा कुरा हो तर, हामी त्यस्तो गैरजिम्मेवार हुन सक्दैनौं । त्यत्ति अनुत्तरदायी हुन सक्दैनौं । देश र जनतालाई गलत सुचना दिएर भ्रममा पारेर भड्काएर, गलत बाटोमा लाने कुचेष्टा त्यस्ता हर्कत हामी गर्न सक्दैनौं । हामी सत्य निष्ठा जिम्मेवारीभावका साथ मात्रै अगाडी बढ्न सक्दछौं ।
त्यसअर्थ नेपाल सरकारले लिएको भ्रष्टचार विरुद्धको सुन्यशहनशिलता । यो शुन्यसहनशिलता अपराधविरुद्धको भ्रष्टचार विरुद्धको अरु कुरामा नेपाल सरकार विलकुल सहनशिलताका साथ विलकुल जिम्मेवारीका साथ अगाडी बढ्छ । यो भ्रष्टचारविरुद्धको शुन्यसहनशिलता यसको कार्यन्वयन हाम्रो अनुसन्धानको निकायहरु, शान्तिसुरक्षाका निकायहरु र प्रहरी । प्रहरीको मूख्य भूमिका हुन्छ । यसको सफल कार्यन्वयन र परिमाण निकाल्न । मैले विश्वास लिएको छु शुन्य सहनशिलताको नीति कार्यान्वय गर्न नेपाल प्रहरीले यस नीतिको अक्षरस पालना गर्दै दृढता र सक्रियता यसमा लगाउने छ । यो अभियान नेपाल प्रहरीको मुख्यालयदेखी मातहतको चौकीसम्म सिंगो संगठनदेखी हरेक व्यक्तिसम्म अक्षरस पालना हुनेछ भन्ने विश्वास लिएको छु ।
प्रतिक्रिया दिनुहोस्