जनता टाइम्स

३० कार्तिक २०७७, आईतवार १३:२८

महंगो सावित हुनेछ ओलीबिरोधी मोर्चावन्दी


प्रचण्डले सयम छँदै बुझ्नुपर्छ कि निकै महंगो सावित हुनेछ ओलीबिरोधी मोर्चावन्दी । बिदेसीको इसारामा तयार पारिएको कुण्ठापत्रलाई फिर्ता लिएर आम कायृकर्तासामू माफी नमागे प्रचण्डको कल्पना पनि नगरेको दुखद परिणामको सामना गर्नुपर्छ । यो तथ्यलाई समय छँदै बुझ्न जरुरी छ 

तीर्थ भट्टराई

लाखौं कार्यकर्ताहरुको त्याग, तपस्या र बलिदानबाट बनेको गौरवशाली पार्टी नेकपा यतिबेला सङ्कटको घडिमा गुज्रिरहेको छ । कामकुरो एकातिर, कुम्लोबोकी ठिमीतिर भन्ने उखानलाई चरितार्थ गरिरहेका छन पार्टीका कार्यकारी अध्यक्ष कमरेड पुष्पकमल दाहाल, प्रचण्ड । केही महिना अघि सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको कार्य बिभाजन गरेको थियो, सो बिभाजनअनुरुप पहिलो अध्यक्ष कमरेड ओलीले सरकारलार्ई प्रभावकारी बनाउन पुर्णरुपमा सरकार केन्द्रित हुने र अर्का अध्यक्ष प्रचण्डले प्रथम अध्यक्षसँग समन्वय गरी पार्टीलाई चलाईमान बनाउने अनि आगामी चैतसम्ममा महाधिवेशन गर्ने, पार्टी स्थायी कमिटीको म्यान्डेट यही हो । पार्टीलाई गतिशिल बनाउन, लाखौं कार्यकर्तालार्ई पार्टीप्रति गर्व महसुस गराउन अनि अन्य पार्टीसँग रहेका समर्थकलार्ई नेकपामा प्रवेस गराउन भुमिका खेल्नुपर्ने कार्यकारी अध्यक्ष अहिले आफ्नै सिनियर अध्यक्षको नेतृत्वमा रहेको सरकारलार्ई घेराबन्दी गर्न, बदनाम गराउन देशी बिदेशी शक्तिसँगको साठगाठमा छन ।

हाम्रो पार्टी एकताको संक्रमणकालीन अवस्थामै रहेकोले हाल पार्टीलार्ई एकढिक्का बनाउन, दुई पार्टीभित्रका नेता कार्यकर्तालार्ई एकचित्त बनाउन र आफ्नै पार्टीको सरकारलार्ई सफल बनाउन सहयोग, सल्लाह, सुझाब दिनुपर्ने ठाउँमा प्रतिपक्षी पार्टीले गर्ने बिरोध भन्दा बढी बिरोध गरिरहेका छन प्रचण्ड र उन टिम । बिरोध गर्ने र असहमती राख्ने एजेन्डाहरु हुन्छन, जुन एजेन्डा देश र जनताको हितमा हुन, सरकार देश र जनताको सवालमा गलत ट्रयाकमा गएको भए स्वभाविक रुपले नै आलोचना गर्न पाइन्छ तर ओली सरकार यतिबेला संक्रमणकालिन अवस्थामा गुज्रीरहेको छ । कोभिड १९ ले विश्व आक्रान्त बनेको समयमा नेपालपनी अछुतो छैन, कोभिडसँग जुध्दै जनताको जिउधनको रक्षा गरिरहेको सरकारलार्ई असफल पार्न पार्टीभित्रै मोर्चा बनाएर हिडिरहेका छन प्रचण्ड । विशेषगरी पूर्वएमालेभित्रका केही नेताहरुलार्ई अर्का अध्यक्ष एवं प्रधानमन्त्रीबिरुद्ध उचालेर आफ्नो राजनैतिक दुनो सोझ्याउने दाउमा छन प्रचण्ड ।

माओबादी पार्टीमा करिब ३० बर्ष एकल शासन गरेका उनले एमाले र माओबादी एकीकृत भैसकेपछि आफूले भनेजस्तो मनपरी गर्न पाएका छैनन, पूर्वएमाले एउटा लोकतान्त्रिक सिस्टममा चलेको पार्टी हो । त्यहा नेतृत्व परिवर्तनशिल हुन्थ्यो, महाधिवेशनबाट त्यसमाथि लोकतान्त्रिक बिधिबाट नेतृत्व चयन हुने पार्टीलार्ई वा त्यसबाट आएको नेतृत्वलार्ई ३० बर्ष एकछत्र अधिनायकवादी शैलीमा पार्टीमा हैकम चलाउनेले विधि र पद्धतिको पाठ पढाउनु आफैमा हास्यास्पद हुन्छ । हाल प्रचण्ड त्यही हास्यास्पद कुरा अनि लज्जास्पद काम गर्दै हिडेका छन । लोकतान्त्रिक विधि र मान्यताबिपरित आफ्नो जिम्मेवारी र दायित्व बिर्सेर शक्ति प्राप्त गर्ने अभियानमा पार्टीभित्र अपवित्र गठबन्धन बनाइ ऐतिहासिक पार्टीलाई नै धरापमा पार्दैछन ।

यो एतिहासिक पार्टी नेकपा त्यसै बनेको हैन । यसमा करोडौं जनताको समृद्धिको सपना गासिएको छ, लाखौं कार्यकर्ताको राजनैतिक भबिष्य जोडिएको छ । राष्ट्यिताको सवालमा होस वा देश र जनताको सवालमा अर्का अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रमुखको हैसियतले पार्टीको साख जोगाउन कुनै कसुर बाकी राख्नु भएको छैन । आफ्नो जिम्मेवारी भन्दा बढी संबेदनसील भएर आफू अस्पतालको बेडमा हुँदासमेत देश, जनता अनि पार्टीको गतिशिलताको चिन्ता गर्ने अभिभावक बिश्वमा बिरलै पाइन्छन । हामी नेपाली जनता यस मानेमा पनि भाग्यमानी छौं कि हामिले पार्टी र देशमा उहाँको अभिभावकत्व पाएका छौं ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्षको योगदान, राष्ट्रियताप्रतिको कठोर अडान, जनताप्रतिको प्रतिबद्धता, देशको समृद्धिप्रतिको दृढ इच्छाशक्ति देखेर नै जनताले नेकपालार्ई ५ बर्ष सरकार चलाउन दुई तिहाइ नजिक मत दिएका हुन । यदी केपी ओलीको यी दृढसड्ढल्प र सपनाहरु हुँदैन थिए भने सायदै पार्टी यो अवस्थामा आउदैनथ्यो । उहाँको यो यथार्थपरक सत्यतालार्ई लुकाएर अनेकन जालझेल, भ्रम, मिडिया कुप्रचारमा तल्लिन हुनु र यो ब्यवस्थालार्ई नै उल्टाउन खोज्नु पार्टीका कार्यकारी जिम्मा पाएका अध्यक्ष प्रचण्डको असक्षमता र अराजकताको पराकाष्ठा हो । पार्टीले मलाई कुन जिम्मेवारी दिएको छ, पार्टीलाई माथि उठाउन आफ्नो दायित्व के हो भन्ने चटक्कै बिर्सिएर आफ्नै पार्टीका सिनियर अध्यक्षबिरुद्ध घेराबन्दीमा लाग्नु, पार्टीलार्ई फुट नजिक पुर्याउनु, कार्यकर्तालार्ई कित्ताकाटमा उभ्याउनु जस्तो गैरराजनीतिक संस्कारले पार्टीको मात्रै हैन, कम्युनिस्ट आन्दोलनलाई नै जरैबाट उखल्ने अभियानमा देखिन्छन प्रचण्ड ।

गत स्थायी कमिटीको बैठकले उहालार्ई ऐतिहासिक महाधिवेशन सम्पन्न गर्न जिम्मा दिएको छ । चैतमा सम्पन्न गर्नुपर्ने महाधिवेशनको लागि प्रचण्डले न कुनै अभियान थालेका छन न कुनै इच्छा प्रकट । महाधिवेशनपछि एकल अध्यक्ष दावी गरी पार्टीलार्ई कब्जा गर्ने सोचमा रहनुभएका प्रचण्ड त्यो सम्भव नदेख्दा आफैले जिम्मेवारी पाएको महाधिवेशनको कामलार्ई बिथोल्न लागेको प्रस्ट छ । पार्टीको काम कसरी अघि बढ्दैछ ? पार्टीले सरकारर्ला सफल बनाउन के कस्तो भुमिका खेल्दैछ ? सरकारलार्ई के कस्ता एजेण्डा अनि सुझाब दिदैछ ?आगामी महाधिवेशन र चुनाबका लागि कार्यकारी अध्यक्षको भुमिकाले पार्टीलार्ई कसरी जनतामाझ होमाउदै छ ? पार्टी कार्यकर्तालार्ई देशको समृद्धिसँग जोड्न के कस्ता एजेन्डा बनाएर सर्कुलर गरिएको छ ? के कस्ता प्रशिक्षण दिइएको छ ? गाउँ, नगर र जिल्ला कमिटीको स्थिती के कस्तो छ ? पार्टीका बिभागहरु के गर्दैछन,तिन्लाई सकृय बनाउन कार्यकारी भुमिकाले कत्तिको काम गर्दैछ ? संगठन बिभाग के गर्दैछ ? लाखौं कार्यकर्ताको पार्टी सदस्यता सम्बन्धी विवरण र समायोजनको काम कहाँ पुग्यो ? कार्यकारी अध्यक्ष प्रचण्डलाई आम कार्यकर्ताको प्रश्न र चासो हो यो ।

अह ! प्रचण्डलाई आफ्नो जिम्मेवारी र भुमिकाबारे केही थाहा छैन, उहाँले पार्टीलाई माथि उठाउने यी कुरामा काम गर्नै चाहनुभएको छैन, उहाँलाई गुटका बैठक राखी अर्का अध्यक्ष एवं प्रधानमन्त्रीलार्ई कमजोर पार्दामै फुर्सद छैन । मन्त्रीमण्डल पुनर्गठन होस तर सक्षम अनि प्रधानमन्त्रीको स्पिरिटलाई साथ दिने मन्त्रीलाई निकाल्नु पर्छ र आफ्नी बुहारी जो खानेपानी मन्त्री रही सबैभन्दा बढी बिबादित र असक्षम छन, उनको निरन्तरता र सिट सुरक्षित गर्नमा ब्यस्त हुनुहुन्छ अध्यक्ष प्रचण्ड । उहाँको सहयोग त्यस्ता नेता वा कार्यकर्तालाई हुन्छ, जसले आफ्नो कुकर्मतालाई बखडा हैन, बयान गरिदिओस, आफ्नो भजन गाइदिओस, आफ्ना नातागोता अनि हनुमानहरुलाई मात्र साथ सहयोग गर्ने प्रचण्ड प्रवृत्तिले देश बर्बाद हुदैछ । यी स्वार्थले गर्दा सरकारले काम गर्न पाएको छैन, प्रधानमन्त्री आफ्नो स्पिरिटअनुसार अघि बढ्न सक्नु भएको छैन ।

यति धेरै सम्झनै नसकिने आफ्ना असक्षमता र कमीकमजोरी हुँदा पनि पार्टीको सचिवालय बैठकमा अर्का अध्यक्ष जो सरकार सञ्चालन गरी जनतासँग प्रत्यक्ष जोडिनु भएको छ, उहालाई प्रश्न गर्ने ठाउँ नै छैन । तरपनि आफ्ना अराजक गतिविधिहरुलाई ढाकछोप गर्न प्रतिप्रश्न गरेर कमिटीमा आफ्नो कुण्ठालाई प्रस्ताव भनेर पेस गर्नु नालायकीपनको पराकाष्टा नै हो । प्रस्तुत प्रतिबेदनको वास्तविकता उहाँले पार्टी यो हिसाबले चलाउन सक्नु हुँदैन भन्ने प्रमाण हो । पार्टी बिभाजनको आधारपत्र हो । किनकि उहाँको इतिहासले त्यही भन्छ, आफ्ना प्रतिस्पर्धीलाई पाखा लगाएर माओबादी ४ टुक्रा पार्ने खलनायक उहाँ नै हुनुहुन्छ ।

पार्टीको बिधानमा दुबै अध्यक्षको परामर्श र सहमतिमा मात्र राजनैतिक प्रतिबेदन बैठकमा पेस गर्ने उल्लेख छ तर अर्का सिनियर अध्यक्षलार्ई छक्याएर उल्टै आफ्ना कर्तुत अनि जिम्मेवारीलार्ई भुलेर आरोप र प्रत्यारोपसहित पत्र पेश गर्नु पार्टी सञ्चालन गर्न उहाँ असक्षम मात्र हैन, अराजक र नालायक हुन भन्ने प्रमाणित गरेको छ । पार्टीले यस्तो अराजक प्रवृत्तिलार्ई बिधि प्रक्रियाको आधारमा उचित कारबाही गर्नुपर्छ भन्ने मत पार्टी एकता चाहने कार्यकर्ताको रहेको छ । समग्रतामा प्रचण्डले अहिलेसम्म सरकारलाई असफल बनाउन गरेको सवै कर्तुतलाई प्रतिवेदनमा समावेश गरेर आफ्नो पोल खोलेका छन । म नालायक छु, सरकारमा रहँदा मैले देश लुटेको छु, अरुले पनि लुटेकै होलान भन्ने प्रचण्डको तर्क आफैले आफ्नो पोल खोलेको मान्न सकिन्छ । प्रचण्डले सयम छँदै बुझ्नुपर्छ कि निकै महंगो सावित हुनेछ ओलीबिरोधी मोर्चावन्दी । बिदेसीको इसारामा तयार पारिएको कुण्ठापत्रलाई फिर्ता लिएर आम कायृकर्तासामू माफी नमागे प्रचण्डको कल्पना पनि नगरेको दुखद परिणामको सामना गर्नुपर्छ । यो तथ्यलाई समय छँदै बुझ्न जरुरी छ ।