यतिबेला नेपाली राजनितीको सबै भन्दा ठुलो दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले औपचारिक रुपमा नै नेतृत्व हस्तान्तरणको प्रस्तावको चर्चा पाएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्षले वैठकमा प्रस्तुत प्रतिवेदनमा नै ‘सरकार तथा पार्टीको नेतृत्वमा पुगिसकेकाले अब जिम्मेवारी नलिऔं र नयाँ पुस्तालाई हस्तान्तरण गरौं’ भन्ने प्रस्तावले नेपाली राजनितीमा होमिएको नयाँ पुस्ता उत्साहित भएको छ । यो प्रस्तावले मुलत लोकतन्त्र प्राप्तीका लागि विभिन्न कोणबाट राजनितीको मुलधारमा जोडिएको पंक्तिमा आशा जगाएको छ
सुनिता बराल
अमेरिकी सामाजिक अभियन्ता मार्टिन लुथरकिङ जुनियरले अमेरिकी समाजलाई समानता र स्वतन्त्रताको मार्गतर्फ अघि बढाउँदै सन् १९६८ मा ३९ वर्षको युवा उमेरमा संसारबाट बिदा लिए । त्यतिबेला उनले विभेद र असमानतामुक्त समाजको रुपान्तरित बाटो कोरिसकेका थिए । आजको अमेरिका तिनै युवाको सपना र सोचकै जगमा उभिएको छ । १०४ वर्षदेखिको राणाशासन अन्त्य गर्नका लागि भएको प्रजातान्त्रिक आन्दोलनमा शहादत ४ शहीदमध्ये गंगालाल श्रेष्ठ २२ वर्षका थिए, धर्मभक्त माथेमा ३२ र दशरथ चन्द ३८ वर्षका थिए । समतामूलक नेपाली समाज निर्माणको सपना बोकेर नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्दा कमरेड पुष्पलाल श्रेष्ठको उमेर २५ वर्षको थियो । २५ वर्षे युवाले देखेको सपनामा आज नेपाली कम्युनिष्ट आन्दोलन संसारलाई चकित पार्दै नयाँ शीराबाट विश्वचर्चित भएको छ । चौंथो महाधिवेशनबाट नेकपा एमालेका महासचिव हुँदै गर्दा मदन भण्डारीको उमेर ३६ वर्षको थियो । तीनै युवा मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जवज) कम्युनिष्ट पार्टीहरुको लोकतान्त्रिक प्रतिष्पर्धाको मूल सुत्रको रुपमा विश्वभर फैलँदैछ । वि.सं. २०२८ सालमा जेल पर्दा अहिलेका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको उमेर केवल २० वर्ष थियो ।
यतिबेला नेपाली राजनितीको सबै भन्दा ठुलो दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले औपचारिक रुपमा नै नेतृत्व हस्तान्तरणको प्रस्तावको चर्चा पाएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्षले वैठकमा प्रस्तुत प्रतिवेदनमा नै ‘सरकार तथा पार्टीको नेतृत्वमा पुगिसकेकाले अब जिम्मेवारी नलिऔं र नयाँ पुस्तालाई हस्तान्तरण गरौं’ भन्ने प्रस्तावले नेपाली राजनितीमा होमिएको नयाँ पुस्ता उत्साहित भएको छ । यो प्रस्तावले मुलत लोकतन्त्र प्राप्तीका लागि विभिन्न कोणबाट राजनितीको मुलधारमा जोडिएको पंक्तिमा आशा जगाएको छ । संविधानको कार्यान्वयनसँगै बनेका तीन तहको सरकार र तीसँगै आएका नेतृत्वमा पुग्ने सम्भावनाले युवालाई सकारात्मक सन्देशका साथ झकझकाएको छ । तर नेकपाको बर्तमान नेतृत्वमा रहेको युवा पुस्ताको यो प्रस्तावप्रतिको मौनताले भने सवैलाई झस्काएको छ । हाम्रो युवा पुस्ता नेतृत्व ग्रहण गर्न किन तयार छैन ? किन विभाजित र विवादित छ ? यो प्रश्न गम्भीर छ ।
उल्लेखित प्रसंगहरुले पनि प्रष्ट पार्छ कि जिन्दगीको अझ राजनीतिक अभियन्ताहरुको जीवनको सबैभन्दा महत्वपूर्ण टर्निङ प्वाइन्ट ४० वर्षभन्दा कम छ । तर पछिल्ला कालखण्डमा नेपाली राजनीति उमेर, सोच र सक्रियताले समेत थकित पुस्ताको नेतृत्वमा छ । अब प्रश्न उठ्छ, के युवाचाहिँ आन्दोलन, शहादत र जेलनेलका लागि मात्रै हुन ? कि, यो देशको विकास र आर्थिक समृद्धिको अभियानमा राज्यको उपल्लो निकायमा समानान्तर प्रतिनिधित्व गरेर आफ्नो उर्जाशील समय राष्ट्रको उन्नतिमा लगाउन पनि पाउँछन ? आज न्युजिल्याण्ड, फिनल्याण्डलगायतका समृद्ध मुलुकमा युवाले राजनीतिलगायत सामाजिक–आर्थिक नेतृत्व गरिरहेका छन । अमेरिका होस वा बेलायतत, देशलाई प्रगतिको मार्गमा लम्काउने र विश्वको नमुना देश बनाउनमा युवा नै अग्रपंक्तिमा थिए ।
नेपाल हरेक सम्पदा र सम्भावनाले भरिपूर्ण हुँदाहुदै पनि विश्वसामू गरिब देशको रुपमा चिनिनु पर्ने विडम्बना अझै छ । यहाँ सैद्धान्तिक र वैचारिक रुपमा युवालाई महत्वमा राखेपनि व्याबहारिक रुपमा भने महत्व दिइएको छैन । देशको काचुली फेर्न र यसलाई गतिशिल बनाउन युवाको भूमिका महत्वपूर्ण हुन्छ । तर दुःखका साथ भन्नूपर्छ, नेपालको कुनै पनि राजनीतिक दलले युवाको सहभागीता र नेतृत्व तहमा उचित जिम्मेवारी दिइएको छैन । हाम्रो राजनीतिक नेतृत्व २८ सालदेखि ७८ सालसम्म ५० वर्ष एउटै व्यक्तिको वरिपरि घुम्न सक्छ ? विचारका हिसावले अझ व्यक्तिगत रुपमा पनि बर्तमान प्रधानमन्त्री केपी शर्मा ओली समकालीन नेताहरुमा क्रान्तिकारी र उर्जाशील हुनुहुन्छ । भनिन्छ युवा विचार र क्रियाशीलताले हुने हो, उमेरले होइन । यसको मतलव उमेरको कुनै अर्थ रहदैन त ? यो कुनै हालतमा हुन सक्दैन । प्रधानमन्त्री ओलीको उदाहरण मात्रै हो । उहाँका समकालीन र उहाँको उमेरलाई पछ्याएका नेताहरुलाई समेत भाग पाउनु भएको छैन ।
स्थानीय तहको निर्वाचनमा अत्यन्तै न्युन संख्यामा युवा सहभागिता छ, तर त्यो पनि निर्णायक रुपमा नभै वडा समस्याको रुपमा, उपप्रमुखको रुपमा र महिला सदस्यको रुपमा । अत्यन्तै न्युन प्रदेशसभा सदस्यहरुले अवसर पाए होलान । संघीय संसदमा त उपस्थिति नगण्य नै छ । यसले के प्रष्ट पारेको छ भने नेपाली राजनीतिमा प्रबृत्तिको रुपमा नै युवा सहभागिताको अवहेलना भईरहेको छ । यो चासो र चिन्ता अहिलेका युवा र नयाँ पुस्ताको भविष्यप्रतिको चिन्ता हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि भईरहेको निरन्तरको घेरावन्दीकै बीचबाट दिएको चुनौती वा घोषणा जेसुकै भएपनि यसले नेतृत्व हस्तान्तरणलाई सैद्धान्तिक बल बढाएको छ ।
हिजो आन्दोलनको नेतृत्व गरेको पुस्ता अहिले पार्टीमै अघिल्लो पुस्ताको पेलानमा छ, उत्पीडनमा छ, जसको कमाण्डमा लाखौं युवा र विद्यार्थीहरु सडकमा ओर्लन्थे, आज त्यो युवा न पार्टीमा कुनै जिम्मेवारी छ, न सरकारमा कुनै जिम्मेवारी छ । गल्लीका सडकमा पैदल हिँडेरै साथीभाइ भेट्दै सान्त्वना दिएर हिँड्नु पर्ने अवस्था छ । राजनीतिमा युवा सहभागिताको विषय उठाउँदै गर्दा पार्टी, संगठनहरु र सरकारका निकायहरुमा सन्तुलित ढंगले युवा सहभागिता गराउन आवश्यक छ
नेपालमा अधिकांश मन्त्रिमण्डलमा ५० को हाराहारी भन्दा कम उमेरका व्यक्तिको सहभागिता हुँदैन । बर्तमान मन्त्रिपरिषद्मा उमेरले युवाको प्रतिनिधित्व खानेपानी तथा सरसफाई मन्त्री विना मगरले गर्नुभएको छ । उहाँ उमेरमा युवा हुनुहुन्छ । तर उहाँको नियुक्तिलाई सम्पूर्ण युवाहरुले आफ्नो पुस्ताको प्रतिनिधित्वको रुपमा गर्व गर्न सक्ने वातावरण बनेको पाइँदैन । उहाँ प्रचण्डको बुहारी भएकाले नै टिकट पाएको भन्ने आन्तरिक असन्तुष्टिदेखि प्रकाश दाहालको पत्नी भएको सहानुभूती हुँदै मन्त्रिपदमा नियुक्ति समेतले युवा पुस्ताले अपनत्व ग्रहण गर्न सकेको देखिँदैन । प्रधानमन्त्रीको उमेरसंग तुलना गर्दा भने युवा नै देखिने योगेश भट्टराई, भानुभक्त ढकाल, पार्वत गुरुङ, पद्मा अर्यालहरु नै हेर्ने हो भने पनि बल्ल उहाँहरुको पालो आउने अवस्था हुनु देशका लागि दुर्भाग्य हो । काम गर्ने सोंच, इच्छाशक्ति र क्रियाशीलता भएको बेलामा काम गर्ने पदहरुमा नियुक्ति हुने हो भने काम गरेर देखाउने सम्भावना धेरै हुन्छ ।
राजनीतिक नियुक्ति वा निर्वाचित भएर राज्यका निकायहरुमा जिम्मेवारी पूरा गरेपछि स्वतन्त्र रुपमा नागरिक जीवनमा फर्कनुपर्छ भन्ने भयो भने मात्र राजनीतिक व्यक्तिले इमान्दार रुपमा काम गर्छ । मन्त्री वा राजनीतिक नियुक्ति पाएपछिको जीवन औषत नागरिक जीवनमा फर्कनु नपर्ने, प्रायः अवसर नै अवसरसंगै रिटायर्ड लाइफ हुने भएपछि मन्त्री होस वा अन्य राजनीतिक नियुक्ति उसले इमानसाथ काम गर्ने सम्भावना अत्यन्तै न्युन रहन्छ । पछि फेरि हुने होइन, यही पाला अन्तिम हो, जिन्दगी यतिञ्जेल सेवा मात्रै गरियो, आफ्नो लागि पनि त सोच्नु पर्दोरहेछ भन्ने जस्ता कूइच्छाहरु आउने बेलामा देशका लागि काम गर्ने पदमा पुगेका व्यक्तिहरुबाट देशले बोकेको अपेक्षा पूरा नहुने खतरा रहन्छ ।
हामी सरकार र संसदमा मात्र युवाको कुरा गरिरहेका छैनौं । सरकार र संसदलाई पनि संचालन र निर्देशन गर्ने पार्टी र संगठनहरुमा पनि युवाको सहभागिता कम हुँदै गएको देखिन्छ । आन्दोलनलाई गतिशील ढंगले हाँक्ने र लक्ष्यमा पुर्याउनका लागि राजनीतिक दल र संगठनहरुको क्रियाशीलता पनि प्रभावकारी आवश्यक हुन्छ । जुन पुस्ता उपेक्षामा मात्रै परिरहन्छ भने त्यो पुस्ताले आन्दोलनको नेतृत्व दिन सक्दैन । हिजो आन्दोलनको नेतृत्व गरेको पुस्ता अहिले पार्टीमै अघिल्लो पुस्ताको पेलानमा छ, उत्पीडनमा छ, जसको कमाण्डमा लाखौं युवा र विद्यार्थीहरु सडकमा ओर्लन्थे, आज त्यो युवा न पार्टीमा कुनै जिम्मेवारी छ, न सरकारमा कुनै जिम्मेवारी छ । गल्लीका सडकमा पैदल हिँडेरै साथीभाइ भेट्दै सान्त्वना दिएर हिँड्नु पर्ने अवस्था छ । राजनीतिमा युवा सहभागिताको विषय उठाउँदै गर्दा पार्टी, संगठनहरु र सरकारका निकायहरुमा सन्तुलित ढंगले युवा सहभागिता गराउन आवश्यक छ ।
पार्टीको केन्द्रीय नेतृत्वमा आशलाग्दा युवा कति छन ? त्यसका आधारमा तल्ला कमिटिहरु र समर्थक जनताले समेत विश्वास गर्छन । प्रतिशतका हिसावले हेर्ने हो भने विभिन्न कालखण्डमा महत्वपूर्ण योगदान गरेका नेताहरु नै उमेर जतिसुकै हुँदापनि आफू नै नेतृत्वमा हुनुपर्छ, आफू नहुँदा देश नै डुब्ने भयो भन्ने चिन्ता गरिरहेका छन । अरुलाई विश्वास नगर्ने, विश्वास गर्नै परेको खण्डमा आफ्नै पुस्ताको व्यक्तिलाई सम्मबाहेक नदेख्ने संकुचित सोचले कम्युनिष्ट आन्दोलनको हस्तान्तरण हुन सक्दैन । उस्तै स्पिरिटका साथ, युवा–विद्यार्थीको माया उस्तै रहने गरी दोश्रो पुस्तामा कम्युनिष्ट आन्दोलन हस्तान्तरण गर्ने हो भने पार्टीको केन्द्रीय नेतृत्वमा उपयुक्त युवा सहभागिता हुनुपर्छ । नेताहरुको निकटता र निगाहका आधारमा मात्रै पद पाउने अन्यथा विचार र संगठनको कार्ययोजनालाई अलपत्र बनाएर ओइलाउनु पर्ने अवस्थाको अन्त्य कम्युनिष्ट पार्टीले गर्न सकेन भने को बाट अपेक्षा गर्ने ? रुपान्तरण र परिवर्तनलाई कम्युनिष्ट पार्टीले ग्रहण गर्न सकेन भने कसबाट अपेक्षा गर्ने ?
निश्कर्ष फेरि पनि युवाहरुलाई अरुको इच्छा, सोच वा निर्देशनमा मात्रै उफार्ने नभै उनीहरुको आफ्नै सोंच, क्रियाशीलता र विवेकको भरपूर प्रयोग गरेर तत्समयका लागि आवश्यक आन्दोलनको नेतृत्व गर्ने मौका दिनुस । एउटा युवाले आफ्नो पुस्ता, आफ्नो कालखण्डको समस्या र सम्भावना बुझेको हुन्छ । त्यसैले जुन समयमा जुन आवश्यकताका लागि लडिन्छ, त्यो पुस्ताको नेतृत्व हुने अवसरको निर्माण गर्नुस । व्यक्तिगत स्वार्थ, इतिहासमा गरेको योगदानको व्याज उपभोगलगायतका चाहनाका कारण देशलाई समृद्धिको महाअभियानमा दौडनबाट नरोकियोस । अध्यक्ष तथा प्रधानमन्त्री ओलीको उद्घोषलाई संस्थागत गर्दै हालको सचिवालय भन्दा तल रहेका नेताबाट नेकपाको नेतृत्व खोज्ने निर्णय गरेर यो महाअभियानको सुरुवात होस । यो काम गरेर शीर्ष नेताहरुले आफूलाई योग्य र इतिहासमा सधैभरी संझनयोग्य बनाउनोस ।
प्रतिक्रिया दिनुहोस्