जनता टाइम्स

२४ जेष्ठ २०७६, शुक्रबार १४:३२

इलेक्ट्रिक स्कुटी पनि विना दर्ता चलाउन नपाइने


काठमाडौं, जेठ २४

यातयात व्यवस्था विभागले विना दर्ताका इलेक्ट्रिक स्कुटरहरु दर्ता पछिमात्र सञ्चालन गर्न आव्हान गरेको छ । विभागले ट्राफिक प्रहरी निर्देशनालय नक्साललाई निर्णय कार्यन्यन गर्न पत्रचार गरेको छ ।

यातायात व्यवस्था ऐन, २०४९ को दफा १४ को उपदफा (१) मा ‘कुनै पनि सवारी खरिद गर्ने वा विदेशबाट पैठारी गर्ने व्यक्ति, फर्म वा कम्पनी वा सवारी बिक्री गर्ने एजेन्टले सवारी खरिद गरेको वा पैठारी गरी नेपाल भित्र ल्याएको मितिले पन्ध्र दिन भित्र अधिकार प्राप्त अधिकारी समक्ष दर्ता गराउनु पर्छ ।’ र उपदफा (२) मा ‘उपदफा (१) बमोजिम कुनै पनि सवारी चलाउन वा चलाउन हुँदैन ।’ भन्ने व्यवस्था छ ।

यान्त्रिक शक्तिबाट सडकमा चल्ने सवारी साधनहरु खासगरी इलेक्ट्रिक स्कुटरहरु विना दर्ता सडकमा सञ्चालन भएको पाइएको हुँदा त्यस्ता सवारी साधनलाई ऐन बमोजिम कारवाही गर्नका लागि मन्त्रालयले निर्देशन दिएको बताएको छ ।