काठमाडौं, जेठ २६
फेसियल हाउसले हेयर सेमिनारको आयोजना गरेको छ । शनिवार सिटीसी मलमा आयोजित उक्त सेमिनारमा करिब ५० जना ब्यूटीसियन एबम् हेयर डिजाईनरहरुले सहभागिता रहेको थियो ।
सेमिनारमा मायाज ब्यूटी पार्लरकी प्रबन्ध संचालक समेत रहनु भएका ब्यूटीसियन तथा हेयर डिज़ाइनर गीता गिरीले हेयर स्टाईल मास्टर क्लास सम्बन्धी बिशेष कक्षा संचालन गर्नुभएको थियो ।
सेमिनारमा संचालित हेयर स्टाईल मास्टर क्लास अन्तर्गत ७ विधा समेटिएको थियो । जसमा फ्लावर, मेसी लङ हेयर, हेभी ब्राईडल, क्रेजी, क्रिम्पिङ, स्टिक र क्रिम्पिङ स्टाईल रहेका थिए ।
सेमिनारको अन्त्यमा सहभागीहरुलाई सहभागिताको प्रमाण पत्र समेत वितरण गरिएको थियो ।
ब्यूटीसियन तथा हेयर डिज़ाइनरलाई हेयर स्टाईल सम्बन्धी एडभान्स सिप उपलब्ध गराउने उदेश्यका साथ सेमिनारको आयोजना गरिएको फेसियल हाउसकी प्रबन्ध निर्देशक सुषमा महराले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्