जनता टाइम्स

६ श्रावण २०७८, बुधबार १५:३२

कमल थापाको आक्रोश : बाबुरामजी जिउँदै मान्छेलाई खोलामा बगाएको बिर्सिनुभयो ?


काठमाडौं, साउन ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईलाई विगतको त्यो क्रुर घटना सम्झाउनु भएको छ ।

ट्वीटरमार्फत् थापाले बाबुरामलाई नेपाली जनतालाई कत्लेयाम गरेको पृष्ठभूमि स्मरण गराउनु भएको हो । अध्यक्ष थापाले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको एक तस्बिरका कारण बाबुरामलाई विगत नबिर्सन आग्रह गर्नुभएको छ ।

बाबुरामले ‘भारतका मेरा कक्षा सहपाठी आदित्यनाथको तस्बिर’ लेखेर एउटा समाचारको फोटो ट्वीटरमा अपलोड गर्नुभएको छ । त्यो विषयमा अध्यक्ष थापाले रिट्वीट गर्दै लेख्नुभएको छ, ‘योगीले खोलामा दूध बगाउँदा तपाईंको टाउको दुख्छ तर तपाईं आफूले खोलामा मान्छेको रगत बगाको, मान्छेको लाश बगाएको, जिउँदै मान्छेलाई नै बगाएकोचाहिँ बिर्सिनुभयो ?’

बाबुरामले हिन्दु धर्मको अपमान गर्न आदित्यनाथको तस्विर प्रयोग गरी अफवाह फैलाएको भन्दै सामाजिक सञ्जालमा चर्काे बिरोधसमेत भएको छ ।