जनता टाइम्स

१ असार २०७६, आईतवार १५:२३

कुमारी बैंकको अध्यक्षमा अमिर प्रताव जबरा चयन


काठमाडौं,

कुमारी बैंकको विशेष साधरण सभाले अमिर प्रताव जबरालाई अध्यक्षमा चयन गरेको छ ।शुक्रबार बसेको विशेष साधारण सभाबाट जबरालाई सर्वसम्मत रुपमा चयन हुनुभएको हो ।

संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने जबरा र कृष्ण प्रसाद ज्ञवालीका साथै सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व गर्ने महेश प्रसाद पोखरेल र श्रीमती अनुराधा चौधरी निर्विरोध निर्वाचित भएको बैंकले जनाएको छ ।