जनता टाइम्स

१ असार २०७६, आईतवार १६:३७

अमेरिकाबाट फर्केर रामप्रसादले गाए पञ्चेबाजाको गीत ‘दुलाहा दुलही’ (हेर्नुहोस् भिडियो)


काठमाडौं, असार १

भर्खरै मात्र अमेरिकाबाट नेपाल आउनुभएका, नेपालमा लोक दोहोरी गीतको बिकास र प्रबर्धनका अभियन्ता, अग्रज लोक तथा दोहोरी गायक एबम अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले नेपालबाटै आफ्नो पञ्चेबाजाको बिशेष लोक दोहोरी एल्बम “दुलाहा दुलही” रिलिज गर्नुभएको छ ।

युट्युबबाट संसारभर एकसाथ रिलिज गरिएको खनालको उक्त पञ्चेबाजाको लोक दोहोरी गीत बिसुद्ध मौलिक र अहिले सम्म बजारमा आएका अन्य पञ्चेबाजाका गीत भन्दा अत्यन्त स्तरिय, सुनिरहुँ लाग्ने खालको र सपरिवारसँगै बसेर हेर्न सुन्न मिल्ने खालको छ । लोक दोहोरी क्षेत्रका धेरै कलाकारहरुका जन्मदाता, अग्रज कलाकार खनालको यो गीति एल्बममा उहाँको आफ्नै शब्द र स्वर रहेको छ भने उहाँलाई गायनमा साथ दिनुभएको छ, अहिलेको चर्चित लोक गायिका पूर्णकला बिसीले ।

संगीत क्षेत्रका चर्चित हस्ती थानेश्वर गौतमको संगीत र एरेन्जको दुनियाँको अहिलेको माहिर एरेन्जर आशिश अबिरलको म्युजिक एरेन्ज रहेको प्रस्तुत गीतमा लोक दोहोरी भिडियो क्षेत्रका सर्बप्रिय कलाकार, निर्देशक र नायक शंकर बिसीले कोरियोग्राफ गर्नुभएको हो ।

शंकर बिसी र सर्जक खनालले संयुक्त निर्देशन गरेको यो भिडियोमा लोक दोहोरी क्षेत्रकी सर्बाधिक लोकप्रिय मोडल, डान्सर करिश्मा ढकाल सहितका प्रोफेशनल कलाकारहरुको अभिनय र नाचले गीतलाई नयाँ उचाइ दिएको छ ।

लोकप्रिय र अग्रज हाँस्य कलाकारद्वय किरण केसी र शिवहरी पौडेलको बिशेष अभिनय समेत रहेको खनालको यो पञ्चेबाजाको यो लोक दोहोरी गीत विवाहका बेला र बिबाहको पार्टीमा सदाबहार रुपमा बजाउन र नाच्न मिल्ने प्रकारको छ ।

शब्द, स्वर, संगीत र एरेन्ज सबै पक्ष अबल छन यो गीतमा । हाल सम्म ४७ वटा एल्बम प्रकाशन गरिसकेका खनालका १२ सय भन्दा बढी गीतहरु प्रकाशित प्रसारित छन । नेपाली भाषा, साहित्य, कला, गीत संगीत र पत्रकारिताका क्षेत्रमा लामो समय देखी कार्यरत खनाल हाल अमेरिका बस्नुहुन्छ, तर अमेरिकाबाटै पनि आफ्नो पेशागत कर्म र धर्म जारिराख्नुभएका उहाँको यो गीत अत्यन्त राम्रो र कर्णप्रिय हुने खालको छ ।

सुन्दै आनन्द आउने, भिडियो हेर्दाहेर्दै नाचौं नाचौं लाग्ने खनालको यो पञ्चेबाजाको लोक दोहोरी गीत सदाबहार गीत हुने विश्वाश गर्न सकिन्छ ।