जनता टाइम्स

४ भाद्र २०७८, शुक्रबार १४:४१

कुमारी बैंकको थप तीन नयाँ शाखा विस्तार


काठमाडौं, भदौं ४ । कुमारी बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा ३ नयाँ शाखा विस्तार छ । प्रदेश १ को सुनसरीस्थित आँपगाछी शाखा, प्रदेश २ को वीरगञ्जस्थित प्रतिमाचोक शाखा, र गण्डकी प्रदेश कास्कीस्थित काहु‘खोला शाखा गरी ३ वटा शाखा औपचारिक रुपमा सन्चालनमा ल्याएको छ ।

यसका साथै कुमारी बैंक लिमिटेडको देशभरि नै १९६ वटा शाखा कार्यालयहरू विस्तार भइसकेका छन् । काठमाडौं उपत्यकामा ४६, उपत्यकाबाहिर १५०, तथा १३ वटा एक्स्टेन्सन काउन्टरहरूबाट बैंकले ग्राहकहरूसमक्ष सेवाहरू प्रदान गरिरहेको छ । कोरोना भाइरसको महामारीले ल्याएको विषम परिस्थितिमा पनि बैंकले ग्राहक वर्गहरुको सेवालाई मध्यनजर गर्दै थप शाखाहरु बिस्तार गरेको सो बैंकले जनाएको छ ।