जनता टाइम्स

६ भाद्र २०७८, आईतवार १४:२०

एउटी अश्वेत पत्रकार, जसले यसरी बदलिदिइन अमेरिकी समाज


न्युयोर्क (एजेन्सी), ६ भदौ । अमेरिकी समाज जातीय रुपमा बिखण्डित भइरहेका बेला डोरोदाय बट्लर गिलामले ६ दशकअघि एउटा अश्वेत महिला पत्रकारको ‘करिअर’ सुरु गरेकी थिइन् । गोरा मानिसको दुनियाँमा आफ्नो सफल करिअर बनाउन कति संघर्ष गर्नुपर्यो भन्ने बारेमा उनी हालै बिबीसीसँग खुलेकी छिन् । अश्वेत पत्रकारको रुपमा अमेरिकी प्रतिष्ठित पत्रिका वासिंगटन पोस्टमा काम गर्दा तत्कालीन समाज रुपान्तरणमा गर्नुपरेको संघर्षबारे गिलामले आफ्नो अनुभव साटेकी हुन् ।

यसरी सुरु भयो करिअर

कलेज सुरु गर्नेबित्तिकै गिलामी अकस्मात पत्रकारितातर्फ होमिइन् । उनी तत्कालै अश्वेतहरुको पत्रिका लुइजभाईल डिफेन्डरमा आबद्ध भइन् । एक दिन सो पत्रिकाका सम्पादक बिरामी परेछन् । उनको काम पनि गिलामले हेर्नुपरेछ । उनको प्रस्तुतिले सम्पादक खुसी भए । सम्पादकले भोलिपल्टैे गिलामलाई केन्टुकी सहरको अश्वेत समाजबारे रिपोर्टिङ गर्ने जिम्मा दिए । उनी चकित परिन् । ‘त्यो एउटा अप्रत्यासित अनुभव थियो । त्यसपछि मैले पत्रकारितालाई एउटा पेसाको रुपमा देखे । किनकि यसले मलाई बाहिरी दुनियाँसम्म एक्सपोज गराउन सक्थ्यो,’ उनी भन्छिन् । कलेज सकेपछि उनले अश्वेतसँग सम्बन्धित त्यतिबेलाका चर्चित म्यागेजिन जेट र इबोनीमा काम गर्न थालिन् । तर, उनको महत्वाकाक्षा दैनिक पत्रिकामा आबद्ध हुनु थियो । उनी न्युयोर्कको कोलम्बिया युनिर्भसिटीमा पत्रकारितासम्बन्धी तालिम लिने अवसर पाइन् । केवल अफ्रिकी मूलका अमेरिकी विद्यार्थीले मात्र सो तालिम लिन पाउँथे । र, उनले २४ वर्षको उमेरमै वासिंगटन पोस्टमा काम पाइन् ।

वासिंगटन पोस्टमा अफ्रिकी मूलको पहिलो अमेरिकी महिला पत्रकार हुँदा सडकदेखि न्युजरुमसम्म उनीसामु चुनौतीका पहाड खडा भएका थिए । सडकमा उनलाई ट्याक्सीले रोक्दैनथ्यो । उनी स्टेसनमा उभिँदा चालक बिस्तारै गुड्थे । जब चालकले उनको कालो खैरो अनुहार देख्थे, तब एक्सिलेटर दबाएर भाग्थे

चुनौती नै चुनौती

पोस्टको अफ्रिकी मूलकी पहिलो अमेरिकी महिला पत्रकार हुनु निश्चिय नै चुनौतीपूर्ण थियो । सडकदेखि न्युजरुमसँग उनका चुनौती थिए । ट्याक्सीले उनलाई रोक्दैनथ्यो । ‘म स्टेसनमा उभिँदा चालकहरुले विस्तारै चलाउँथे । मेरो कालो खैरो अनुहार देखेपछि चालक एक्सिलेटर दबाएर भाग्थे ।’ उनी पत्रकार हुन् भन्नेमा अमेरिकीलाई विश्वास नै लागेको थिएन । समाचार कक्षमा पनि उनीमाथि जातीय विभेद हुन्थ्यो । ‘मैले काम गर्दा पोस्टमा केही पुराना सम्पादक थिए, एउटा सम्पादकले त उनलाई यस्तोसम्म भनेका थिए, ‘हामीले अश्वेतको हत्यालाई समाचारमा कभर गर्न सक्दैनौ किनकि ती सस्ता मृत्यु हुन् ।’ पोस्टका सहकर्मीको धारणाले उनलाई पत्रिका छोडदिउ जस्तो लाग्यो । तर अर्को मनले उनलाई आफूले त्यही काम गर्न सकियो भने मानिसहरुको धारणा परिवर्तन गर्न सकिन्छ भन्ने सोच पलायो ।

काम गर्ने सिलसिलामा उनलाई धेरै पीडा भयो । उनले कहिलेकाहीँ पूर्वअश्वेत सहकर्मीसँग समेत सहयोग मागिन् । ‘समाचार कक्षामा कोहीकोहीले उनलाई ‘हेलो हाई’ भन्थेऽ तर बाहिर निस्कँदा तिनै व्यक्तिले नचिनेको जस्तो व्यवहार गर्थे । ‘मलाई निकै आत्मग्लानि हुन्थ्यो । अरु गोरा मानिसका अगाडि उनीहरुलाई अश्वेतसँग बोल्न असजिलो लाग्दो रहेछ,’ उनी भन्छिन् । तर, सम्पादकहरुसँग सामना गरेको चुनौतीबारे उनले बहस गरिनन् । गुनासो गरिन् भने पोस्टले अन्य अश्वेत पत्रकार लिँदैन भन्ने उनलाई राम्रै हेक्का थियो । समाचार कक्षमा केहीले उनलाई ‘हेलो’ हाई’ भन्थे, तर बाहिर निस्कँदा तिनै व्यक्तिले नचिनेको जस्तो गर्थे ।

कार्यलयदेखि होटलसम्म विभेदै विभेद

अश्वेत महिलाको रुपमा सन् १९६० सम्म गिलामलाई सहकर्मीसँग लन्च जानसमेत समस्या थियो । गिलाम त्यस्तो समाजमा हुर्किन्, जहाँ गोराहरुले कालालाई चरम विभेद गर्थे । अश्वेतलाई मतदान, अध्ययन र रोजगारीका अवसरमा समेत प्रतिबन्ध थियो । वासिंगटनका रेस्टुरेन्टहरुमा समेत चरम विभेद थियो । वासिंगटन पोस्टको कार्यालयले अफ्रिकी मूलका अमेरिकीलाई खानेकुरा दिँदैनथ्यो । उनी आफूलाई सुविधा हुने ठाउँमा टाढाको क्यान्टिनमा जान्थिन् । उनले नयाँ ढंगबाट अश्वेतका समाचार पोस्टलाई दिन्थिन् । मिसिसिपीमा रहँदा उनलार्ई गोराहरुको होटलमा जान अनुमति दिइएन । उनी अश्वेतहरुलाई दाहासंस्कार गर्ने गृहमा बस्थिन् । ‘म लाससँगै सुत्थे, समाचार पाउनका लागि तपाईले जे पनि गर्नुहुन्छ,’ उनी भन्छिन् ।

सकारात्मक समाचारमा जोड

अश्वेतहरुको आवाज कसैले नसुनिँदा मूलधारका पत्रपत्रिकामा अफ्रिकी मूलका अमेरिकीको नकारात्मक विवरण आइरहेका बेला उनले सकारात्मक समाचारलाई ध्यान दिइन् । ‘अश्वेतबारे नकारात्मक समाचारको सट्टा सम्पूर्ण विवरण वासिंगटन पोस्टलाई दिन्थे,’ उनी भन्छिन् । सन् १९६२ मा युनिर्भसिटी अफ मिसिसिपीको समायोजन, नागरिक अधिकारलगायतका विषयमा उनले रिपोर्ट गरिन् । समायोजनअघि एक अश्वेत विद्यार्थीलाई भर्ना गर्दा सो विश्वविद्यालयमा दंगा भड्किएको थियो ।

उनले अश्वेतबारे सकारात्मक धारणा राख्ने गोराहरुका समाचार र अश्वेतका सकारात्मक पक्षलाई मुख्य प्राथमिकता दिइन् । साहसी र आशावादी मान्छेका कथा निरन्तर लेख्न थालिन् । जब उनले गोरा पत्रकारले तयार पारेको समाचार पाउँथिन्, त्यहाँ अश्वेतहरुलाई डरलाग्दो व्यक्तिको रुपमा चित्रण गरेको हुन्थ्यो । तर, त्यस्ता चित्रणलाई उनले विस्तारै बदल्न थालिन् । मिसिसिपीमा रहँदा उनलार्ई गोराको होटलमा जान अनुमति थिएन । उनी अश्वेतको दाहासंस्कार गृहमा लाससँगै सुतेर रात बिताउँथिन । समाचारका लागि उनी जस्तोसुकै चुनौती सामना गर्थिन्

अतिथि हुन जाँदा यस्तो बेइज्जत

वासिंगटन पोस्टमा काम गर्दागर्दै एकदिन गिलामलाई एक धनाढ्य महिलाको जन्मदिनमा सहभागी हुने अवसर मिल्यो । तर, महिलाको घरको मुख्य द्वारमा बसेका पालेले उनलाई अवरोध गर्दै भन्यो, ‘घरमा काम गर्ने महिलाका लागि अर्को प्रवेश द्वारको ब्यवस्था छ ।’ अश्वेत देखेर पालेले उनलाई घरमा काम गर्ने महिला सोच्यो । ‘म कामदार होइन, वासिंगटन पोस्टको पत्रकार हुँ’ तत्कालै उनले जवाफ फर्काइन् । सो पत्रिकाका लागि रिर्पोट गर्ने गिलाम पहिलो अफ्रिकी मूलकी अमेरिकी थिइन् । सन् १९६१ मा पोस्टमा काम सुरु गरेकी उनी पछिल्ला तीन दशकसम्म सम्पादक र स्तम्भकर बनिन् । अमेरिकी समाज र सञ्चारमाध्यममा आएको एउटा परिवर्तनको एउटा साक्षी बनिन् ।

पोस्टको स्तम्भकार

तेस्रो सन्तान भएपछि अन्ततः गिलामले सन् १९६० को दशकमा पोस्ट छोडिन् । केही समयपछि पत्रिकाले उनलाई ‘पार्ट टाइम’ गर्न सुझाव दियो । उनले साताको चार दिन काम गर्न थालिन् । सन् १९७२ मा पत्रिकाले उनलाई सहायक सम्पादकको रुपमा ‘स्टाइल सेक्सन’मा काम गर्न पु्नः बोलायो । वास्तवमा उनलाई स्टाइल सेक्सन औधि मन परेको थियो । ‘अश्वेतको संस्कृतिलाई स्टाइलमा प्रस्तुत गर्न पाउँदा निकै रमाइलो लाग्थ्योे’, उनी भन्छिन् । सो भूमिकामा काम गर्ने सिलसिलामा उनले अश्वेतहरुको अनुभव लेख्ने व्यक्ति र पत्रकार छनाेट गरिन् । सन् १९७९ मा उनी पोस्टको स्तम्भकार बनिन् । उनले शिक्षा, राजनीति, संस्कृति जस्ता विषयमा केन्द्रित रहेर कलम चलाइन् । सन् २००३ मा उनी पोस्टबाट सेवानिबृत्त भइन् । झन्डै ५० वर्ष लामो पत्रकारिताको करिअरमा गिलामले विविधतालाई ध्यान दिइन् । न्यूज कारखाना