काठमाडौं, साउन १९। सुयोग मिडिया हाउसद्वारा संचालित जनता टाइम्सले एमबिए पढ्दै गरेका विद्यार्थीहरुलाई लक्षित गरी ‘करेन्ट इकोनोमिक एण्ड फाइनान्सियल पोलिसी अफ नेपाल ‘ कार्यक्रम सम्पन गरेको छ।
राजधानीको बानेश्वर स्थित युनिग्लोबल कलेजमा आयोजित एक दिने यस कार्यक्रममा अर्थ मन्त्रालयबाट नीति विश्लेषण महाशाखा प्रमुख डा. मुकुन्द पौडेल, नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौला, नागरिक लगानी कोषका प्रमुख कार्यकारी अधिकृत रमण नेपाल तथा कमर्सियल बैंकबाट एनसीसी बैंकका सीइओ रमेश अर्याल वक्ताका रुपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा अर्थ मन्त्रालयका सह सचिव डा. मुकुन्द पौडेलले आर्थिक नीति तथा वार्षिक नीतिको बारेमा जानकारी गराउनुभएको थियो। साथै उहाँले समस्या, समाधान र चुनौतिको बारेमा पनि उल्लेख गर्नुभयो।
त्यसैगरी लक्ष्मी प्रपन्नले मौद्रिक नीतिको बारेमा विद्यार्थीलाई जानकारी गराउनुभयो भने रमण नेपालले नागरिक लगानी कोषको बारेमा जानकारी दिनुभयो।
त्यस्तै एनसीसी बैंकका सीइओ रमेश अर्यालले कमर्सियल बैंकका समस्या, समाधान, चुनौती र नेपालको अर्थतन्त्रमा कमर्सियल बैंकको भुमिकाबारे जानकारी गराउनुभयो।
यस कार्यक्रमले म्यानेजमेन्ट विषय लिएर पढ्ने विद्यार्थीलाई नेपालको अर्थतन्त्र र भविष्यको बारेमा जानकारी गराउने आयोजकले विश्वास व्यक्त गर्नुभयो।
प्रतिक्रिया दिनुहोस्