जनता टाइम्स

१० बैशाख २०८१, सोमबार ०९:३७

एमालेमा केन्द्रीय सदस्यहरु नै सवैभन्दा कामचोर र बदमास देखिए, महासचिवको प्रतिवेदनले खोदिलियो पोल


काठमाडौं, बैशाख १० । नेकपा एमालेमा केन्द्रीय कमिटी सदस्यहरु नै सवैभन्दा बढी काम नगर्ने ‘बदमास’ देखिएका छन । एमालेका केन्द्रीय सदस्यहरु तोकिएको जिम्मेवारी पूरा नगर्ने सूचीमा सूचीकृत भई बदमासका रुपमा देखिएका हुन ।

एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको प्रथम बैठकमा महासचिव शंकर पोखरेलको प्रसतुत गर्नुभएको सांगठानिक प्रतिवेदनले पार्टीमा केन्द्रीय सदस्यहरु नै सवैभन्दा बढी बदमास रहेको तथ्य खोलेको हो । महासचिव पोखरेलले केन्द्रीय सदस्यहरुमध्ये ५० प्रतिशत तोकिएको जिम्मेवारी पूरा नगर्नेमा दर्ज भएका छन भने ५ प्रतिशत पार्टीले तोकेको जिम्मेवारीमा जाँदै नजाने डरलाग्दो रोग देखिएको छ ।

निर्वाचनपछि एमालेले पार्टीको होल बडी चेक अपको रुपमा अघि बढाएको मिशन ग्रासरुटमै ५ प्रतिशत केन्द्रीय सदस्य जाँदै नगएको र ५ प्रतिशत आंशिक रुपमा सहभागी भएको महासचिवको प्रतिवेदनमा उल्लेख छ । यो तथ्यले एमालेभित्र केन्द्रीय सदस्यहरु नै सवैभन्दा बदमास र कामचोर रहेको तथ्य उजागर गरेको हो ।

मिशन ग्रासरुटमा केन्द्रबाट खटिने प्रतिनिधिहरुमध्ये करिव ५ प्रतिशत प्रतिनिधिहरु अभियानमा सहभागी भएनन । थप ५ प्रतिशत प्रतिनिधिहरुको नाम मात्रको सहभागगिता रह्यो । सहभागी भएकामध्ये करिव ५० प्रतिशतले पूर्ण अवधी अभियानमा बिताउनु भयो

‘केन्द्रबाट खटिने प्रतिनिधिहरुमध्ये करिव ५ प्रतिशत प्रतिनिधिहरु अभियानमा सहभागी भएनन । थप ५ प्रतिशत प्रतिनिधिहरुको नाम मात्रको सहभागगिता रह्यो । सहभागी भएकामध्ये करिव ५० प्रतिशतले पूर्ण अवधी अभियानमा बिताउनु भयो,’ केन्द्रीय सदस्यहरु नै एमालेमा सवैभन्दा बदमास र कामचोरका रुपमा रहेको तथ्य औंल्याउँदै महासचिवको साँगठानिक प्रतिवेदनमा भनिएको छ, ‘केही प्रतिनिधिहरु स्वबियु निर्वाचन र जनसंगठनको अधिवेशनको तयारीका लागि अनुमति लिएर अभियानबाट केही समय बाहिरिनु भयो । एक तिहाई प्रतिनिधिहरुको अभियान मुख्य गतिबिधिहरुमा मात्र सहभागिता देखियो। पालिका तहको योजना निर्माणमा भने अधिकांश प्रतिनिधिहरुको सहभागिता रह्यो ।’

महासचिव पोखरेलले औंल्याउनु भएको यो तथ्यले नेकपा एमालेमा सवैभन्दा बढी सुध्रनुपर्नेको सूचीमा केन्द्रीय कमिटी सदस्य नै परेका छन भने काम नगर्ने तर पद ओगटेर बस्नेमा बिद्यावारिधी गरेको सत्य उदघाटित गरेको छ ।

५० प्रतिशत केन्द्रीय सदस्य कामचोर रहेको तथ्य प्रस्तुत गर्नुभएका महासचिव पोखरेलले सवै बिषयमा अनुसूचीमा नाम समावेश गरेपनि यो बिषय भने गोप्य राख्नुभएको छ । कार्यकर्ताहरुले पार्टी काममा नजाने र ठग्नेहरुको नाम सार्वजनिक हुनुपर्ने अवाज उठाएका छन ।