जनता टाइम्स

१२ बैशाख २०८१, बुधबार २३:४१

इलाम-२ मा एमाले-कांग्रेसकै बर्चश्व देखियो, रास्वपा र स्वतन्त्र उम्मेदवारतिर देखिएन मतदाताको रुची


इन्द्रजीत लिम्बु/इलाम। संबिधानसभा अध्यक्ष तथा नेकपा एमालेका तात्कालिन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त भएको इलाम क्षेत्र नम्बर २ मा निर्वाचन हुन अव दुई दिन मात्र बाँकी छ । बैशाख १५ गते बिहानै ७ बजेदेखि मतदान हुने इलाम २ मा आज राती १२ बजेबाट चुनावी प्रचार प्रशार सकिएर मौन अवधी सुरु हुँदैछ ।

मौन अवधी सुरु हुनुभन्दा अगाडि आज दिनभर सवै उम्मेदवारहरुले आफ्नो जीतका लागि मतदाताको मन जित्न सकेसम्मको प्रयाश गरेका छन । अन्तिम दिन आज नेकपा एमालेले इलामका शान रहनुभएका सुवास नेम्वाङकै कान्छा छोरा सुहाङलाई जिताउन आमसभा गरेको छ । सुहाङ जिताउन एमाले अध्यक्ष केपी शर्मा ओली आफै चुलाचुली आइपुग्नु भएको छ । एमालेका कोशी प्रदेशका सवैजसो नेताहरु पनि इलाममै केन्द्रित बन्नुभएको छ ।

इलाम इञ्चार्जसमेत रहनुभएकी एमाले स्थायी कमिटी सदस्य डाक्टर शिबमाया तुम्वाहाङ्फे चुनावी घोषणासँगै निर्वाचन क्षेत्रमा खटिरहनु भएको छ । इलामको क्षेत्र नम्बर २ मै डेरा जमाएर खटिनुभएकी शिबयामाले सूर्यध्वजाबहाक उम्मेदवार सुहाङलाई जिताउन सकेसम्मको प्रयाश अघि बढाउनु भएको छ । उहाँले प्रवासदेखि काठमाडौंलगायत मुलुकका बिभिन्न भागमा रहेका इलाम २ का मतदातालाई सम्पर्कदेखि घरदैलो अभियानसम्मको काम फत्ते गर्नुभएको छ । अर्थात शिबमायाको मेहनत र अभियान फेसबुकमा फोटो राख्नेतिर होइन, पार्टी उम्मेदवार सुहाङलाई बिजयको माला पहिर्याएर इतिहास रच्दै राजधानी फर्कनेतिर प्रष्ट केन्द्रित रहेको देखिन्छ ।

बिगत ११ दिनदेखि निर्वाचन क्षेत्रमा रहेर इलाम २ मा पर्ने स्थानीय तहका ४२ वटै वडामा पुगेर जनताटाइम्स डटकमको टीमले मतदाताको भावना बुझ्दा पनि सुहाङ जिताउन गरिएको मेहनतको प्रष्ट संकेत देखिएको छ । इलाम–२ अन्तर्गत इलाम नगरपालिका, देउमाई नगरपालिका र माई नगरपालिका तथा चुलाचुली, माङसेबुङ र फाकफोकथुम गाउँपालिकाका गरी ४२ वटा वडा रहेका छन ।

सुहाङको उम्मेदवारीको निर्णयसँगै रिसाएका एमालेका केही नेता पनि कांग्रेसदेखि रास्वपा र स्वतन्त्र उम्मेदवारका सहयोगिले हाकाहाकी झुट कुरा गरेपछि सवक सिकाउनु पर्छ भन्ने द्रह्रो संकल्प देखिएको छ । अर्थात सुवासको निर्वाचन क्षेत्रमा सुहाङलाई जिताउनु नै इलाम-२ को भविष्य छ भन्ने निश्कर्षमा झण्डै ४१ प्रतिशत मतदाता देखिएका छन । यो तथ्यांक र मतदाताको भावनाले एमाले एकढिक्का बन्न पुगेको छ भने बलियो प्रतिस्पर्धी देखिएको कांग्रेसभित्रको बिवाद झनै बढेको छ ।

गत निर्वाचनमा सुवाससँग पराजीत डम्बर खड्का नै उम्मेदवार रहेको कारण कांग्रेसमा निकै ठूलो उल्झनमा रहेको पाइएको छ । तीन बर्ष अघि नै सकाउनु पर्ने सडकको कामै नगरी अहिलेसम्म आफूहरुको मृत्युको लागि थापेको पासो बनायो, उही ठेकेदारलाई आफैले मत हालेर कसरी सांसद बनाउने ? भन्ने मनभित्र गढेको मतदाताको कुराले कांग्रेस नेताहरु खुलेर मत माग्नसमेत नसकीरहेको दृष्य इलाम नगरपालिका, देउमाई नगरपालिका र माई नगरपालिका तथा चुलाचुली, माङसेबुङ र फाकफोकथुम गाउँपालिका सवैतिर देखियो ।

इलामवासीमाथि जस्ले अपराध गर्यो, पार्टीले त्यसैलाई उम्मेदवार बनायो, पार्टीभित्र पनि बदमास नै अगाडि भन्ने आक्रोश भो, मतदाता पनि फेरि यो पो आयो भन्दै चिढिए । पहिला भोट हाल्नेहरु पनि सुहाङ भन्दै हिडे,’ जनताटाम्स डटकमका प्रतिनिधिसँग चुलाचुलीमा भेटिएका कांग्रेस जिल्ला कार्यसमितिका एक नेताले हामीसँग भन्नुभयो । उहॅाका अनुसार तीन बर्ष अघि नै सकाउनु पर्ने सडक धुलाम्य बनाउने काम डम्बरले गरेको बिषयमा सवै मतदातालाई जानकारी भएकोले दिनदिनै भोट बढ्ने भन्दा घटिरहेको छ । यो चुनौती मदतान गर्ने बेलासम्म अझै बढने अवस्था देखिएकोले आफूहरु चिन्तित बनेको उहॅाको भनाई छ ।

यता चुनाव नजिकिॅदै जाँदा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमको पोल पनि खुलेको छ । सहकारी खोल्छु भनेर पैसा लगेर खाएको तथ्य केही दिनअघि मात्रै उजागर भएको छ । जनु कुराले पहिचानको नाममा भोट मागिरहनु भएका थेगिम सही मान्छे होइन, फटाह पो रैछ भन्ने मतदाताले बुझ्न पाएका छन । उता रास्वपाका उम्मेदवार मिलन लिम्बु पनि बिगतको अन्टसन्ट कुराले मतदाताको मन जित्ने भन्दा भाग्ने अवस्थामा पुग्नुभएको पाइएको छ ।

११ दिनअघि भेटिदा कांग्रेस र रास्वपा र स्वतन्त्र उम्मेदवारलाई भोट दिने बताएका मतदाता नै आजसम्म आइपुग्दा सुहाङतिर लागेको दृष्यसमेत देखियो । ३ बर्षअघि नै सकाउनु पर्ने सडक डम्बरले अझै नबनाएको, थेगिमले सहकारी खोल्ने भनेर पैसा खाएको र मिलनले सफेद झुटो बोलेको थाह पाएपछि सुहाङतिर लागेको उनीहरुले बताएका छन ।

स्वतन्त्र चुनाव लडने भन्दै काठमाडौंतिर कुर्लिएर माओवादी छाडेका लिम्बु रास्वपा पनि फटाह पार्टी नै हो भन्ने तर त्यही पार्टीबाट उम्मेदवार बनेपछि यो त झन महाफटाह हो भन्ने मतदाताको मनमा गढेको देखिएको छ । मिलनले जति प्रष्टिकरण दिए पनि फटाह हो, इलाम भाँडन लागेको बिग्रिएको केटा भन्न थालेको दृष्यसमेत देखियो । स्वयं मिलनकै परिवारका सदस्यहरुमा समेत उहाँप्रति अरुची देखियो ।

‘कसरी पत्याउनु ? झुट कुरा मात्रै बोल्छ । अव गाउँमा झुटो बोल्न केटा भन्ने कुरा सवैले चिनिसकेपछि कसरी भोट हाल्छन ? हामी घरकाले नै मिलनलाई भोट नहाल्ने, सुहाङलाई हाल्ने भनेर बसेका छौं,’ मिलनकै परिवारका एक सदस्यले हामीसँग भने । उनी रास्वपा उम्मेदवार मिलनका साखै आफन्त रहेछन । यो कुरा थाह पाएपछि टोलछिमेकका अरु पनि मिलनको काम छैन भन्दै सुहाङतिरै उभिएको पाइयो ।

इलाममा नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारतिर खासै मतदाताको आकर्षण देखिएन । कांग्रेस र एमालेबाट चिढिएका केहीबाहेक अधिकांश मतदाताहरु पुरानै दलतिर मतदान गर्ने सुरमा रहेको पाइएको छ । उनीहरूको मत यताउता नगरी एमाले र कांग्रेसलाई नै हाल्ने बताउँछन । अहिलेसम्मको अवस्था हेर्दा रास्वपा र स्वतन्त्र उम्मेदवारको पक्षमा इलाम २ भन्दा बाहिरका मानिस बढी देखिएका छन ।

यो दृष्यले रास्वपा र स्वतन्त्र उम्मेदवार थेगिम एमाले र कांग्रेससँग प्रतिस्पर्धामै छैनन भन्ने प्रष्ट हुन्छ । कांग्रेस उम्मेदवार पनि एमालेका उम्मेदवार सुहाङभन्दा झण्डै १५ प्रतिशत मतले पछाडि देखिनुभएको छ । जस्को आधारमा भन्न सकिन्छ, एमाले पहिलो र कांग्रेस दोस्रो रहेको छ । नयाँ पाटीृ भन्ने रास्वपा र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा केवल तेस्रो र चौथो स्थानको लागि भइरहेको छ । मतदाताको मनभित्र पनि यही तस्विर पाइन्छ ।

इलाम २ नेकपा एमालेका नेता सुवासले २४ बर्षदेखि लगातार जित्दै आउनु भएको क्षेत्र हो । यो निर्वाचन क्षेत्रमा २०५६, २०७४ र २०७९ को आमनिर्वाचन तथा २०६४ र २०७० को दुइवटै संविधानसभा निर्वाचनमा एमालेका सुवास नेम्वाङ विजयी हुनुभएको थियो । उहाँको २०७९ भदौ २६ गते हृदयाघातका कारण निधन भएपछि बैशाख १५ मा निर्वाचन हुन लागेको हो । उहाँको निधनपछि पनि यस निर्वाचन क्षेत्रमा एमालेका पुराना मतदाताको मन फेरिएको छैन ।

एमालेलाई मतदान नगर्नेहरुको मन भने फेरिएको छ । उनीहरु यसपटक सुहाङलाई दिने भन्न थालेका छन ।गत निर्वाचनमा पाँच दलको गठबन्धनका बावजुद एमाले नेता सुवासले जित्दा समानुपातिकतर्फ २६ हजार ५६२ मतसहित एमाले पहिलो दल बनेको थियो भने कांग्रेस २२ हजार ३३ मतसहित दोस्रो, ५ हजार १५३ मतसहित नेकपा माओवादी केन्द्र तेस्रो र ४ हजार ६८६ मत पाएर रास्वपा चौथो बनेको थियो ।