जनता टाइम्स

८ कार्तिक २०७६, शुक्रबार २१:११

छठलगत्तै प्रदेश १ को मन्त्रिमण्डल विस्तार गर्ने मुख्यमन्त्री राईको घोषणा, को–को पर्लान ?


बिराटनगर, कात्तिक ८ । प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले तिहार र छठपछि मन्त्रिमण्डल विस्तार गरिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुुरा गर्दै उहाँले ११ सदस्यीय मन्त्रिमण्डल गठन हुने गरी विस्तार गर्ने जानकारी दिनुभयो ।

मुुख्यमन्त्री राईले सहमतिको आधारमा प्रदेशको राजधानी टुङ्गो लगाएजस्तै नामाकरण पनि सहमतिको आधारमा निर्णय गरिने बताउनुभयो । उहाँले आगामी हिउँदे अधिवेशनवाट नामाकरणको टुङ्गोे लगाउनका लागि छलफलको प्रकिया अगाडि बढाइसकेको प्रष्ट पार्नुभयो ।

मुुख्यमन्त्री राईले प्रदेश सरकारले यस क्षेत्रका जनताको आर्थिक समृद्धि र रोजगारीका लागि लगानी सम्मेलन गर्न लागेको जानकारी दिनुभयो । उहाँले प्रदेशमा लगानीको वातावरण बन्दै गएकाले आन्तरिक तथा वाह्य लगानी भित्र्याउनका लागि लगानी सम्मेलन गर्न लागेको प्रष्ट पार्नुभयो ।