जनता टाइम्स

१५ जेष्ठ २०७६, बुधबार १७:४५

नयाँ बानेश्वरमा अण्डर पास र माइतिघर-त्रिपुरेश्वर फ्लाइओभर बन्ने


काठमाडौं 

सरकारले काठमाडौंको सवारी जाम हटाउन सुरुङमार्ग, अण्डरपास र फ्लाई ओभर बनाउने भएको छ । त्यसका लागि आगार्मी आर्थिक वर्षमा सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरेको छ ।

संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौं उपत्यकाको ट्राफिक जाम हटाउन सुरुङ मार्ग र अण्डर पास बनाइने जानकारी दिनुभयो । सूर्यविनायक–धुलीखेल (काभ्रे) सडकको स्तरोन्नति गर्ने, तीनकुने–कोटेश्वर–जडिबुटी सुरुङ मार्ग र नयाँ बानेश्वरमा अण्डर पास तथा त्रिपुरेश्वरदेखि माइतघरसम्मको फ्लाइओभर बनाइन लागेको हो ।

त्यसका लागि विस्तृत सम्भाव्यता अध्ययन गरी आगामी आर्थिक वर्षभित्रै निर्माण कार्य शुरु गरिने उहाले बताउनु भयो । अर्थमन्त्री खतिवडाले नागढुङ्गा–नौबिसे सुरुङमार्ग तथा सडकमार्ग निर्माणको काम पनि शुरु गरिने बताउनु भयो । अर्थमन्त्री खतिवडाले काठमाडौंको चक्रपथ विस्तार कार्य सम्पन्न गर्न १ अर्ब ८१ करोड रुपैयाँ विनियोजन गरिएको पनि जानकारी दिनुभयो ।