जनता टाइम्स

१४ बैशाख २०८१, शुक्रबार १०:०६

सर्वोत्तम सिमेन्टको साधारणसभाले निर्वाचित गर्यो ७ जना सञ्चालक


काठमाडौं, बैशाख १४ । सर्वोत्तम सिमेन्ट लिमिटेडको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । वैशाख १२ गते सम्पन्न सभा रूपन्देही जिल्ला सिद्धार्थ नगरपालिका भैरहवास्थित होटल सिद्धार्थ भिलासामा भएको हो।

सभाले आव २०७९/०८० को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण समेटिएको लेखापरीक्षण प्रतिवेदन स्वीकृत गरेको छ। आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गरेको छ। कम्पनीले आफ्नो चुक्ता पुँजीको १५ प्रतिशत ९कर सहित० नगद लाभांस बाँड्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।

सभाले संस्थापक सेयरधनी समूहबाट पाँच जना सञ्चालकहरू विष्णुप्रसाद न्यौपाने, विमलकुमार सावरथिया, टीकाराम न्यौपाने, तेन्जिङ लाग्देन तामाङ, उत्सव न्यौपाने र सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकमा शिवसिंह कार्की निर्विरोध निर्वाचित गरेको छ।

यसैगरी स्वतन्त्र सञ्चालकमा एक जना नेहा अग्रवाललाई मनोनित गरिएको छ । सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष केसीले कम्पनीका सबै सञ्चालक समिति, ग्राहक, कर्मचारी तथा सेयरधनीहरू प्रति आभार प्रकट गर्दै हालका चुनौतीहरूको सामना गर्दै सर्वोत्तम सिमेन्टलाई एक उत्कृष्ट कम्पनी बनाउने प्रतिबद्धता जनाउनु भएको छ ।

प्रमुख कार्यकारी अधिकृत केसीले सर्वोत्तम सिमेन्टले नाम जस्तै सिमेन्टको सर्वोत्तम गुणस्तरमा निरन्तरता दिदै आफ्नो स्थापना पश्चात हाल सम्म ६,७२,६८,०२१ बोरा सिमेन्ट र २८,८६,१६६ टन किल्ङ्ककर उत्पादन गरी बिक्री गर्न सफल भएको जानकारी गराउनु भएको छ ।

सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो । ३००० मेट्रिक टन प्रति दिन क्षमता भएको सिमेन्ट प्लान्ट तथा ३००० मेट्रिक टन प्रति दिन क्षमता भएको क्लिंकर प्लान्टका साथ आइ.एस.ओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर का साथै भारत गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वाेत्तम ओ.पि.सि र सौरभ ग्रिन पि.पि.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर बिक्रीवितरण गरिरहेको छ ।

सर्वाेत्तम सिमेन्टका अनुसार भारतमा समेत निर्यात गर्दैतथा लोकप्रियता कमाउँदै आएको छ । साथै कम्पनीले आफ्नो वितरण प्रणाली मजबुत गर्दै नेपालको पूर्वी क्षेत्रमा बजार विस्तारको लागि आफ्नो शतप्रतिशत लगानी रहेको सहायक कम्पनी मार्पmत झापा भद्रपुरमा रहेको ३०० टन प्रति दिनको क्षमता रहेको मनषा सिमेन्ट ईन्डष्ट्रिज प्रा.लि. खरिद गरी हाल परिक्षण उत्पादन सुरु गरेको छ