काठमाडौं, असोज ११ । एमाले नेताद्वय घनश्याम भुसाल र गोकर्ण बिष्टमाथि कर्णाली प्रदेशका एक मन्त्रीले आमाचकारी गरेका छन ।यौनकाण्डमा मुछिए पनि माधव नेपालको कृपाले झण्डा हल्लाएर हिडने सौभाग्य पाउनु भएका कर्णालीका कृषिमन्त्री कुर्मराज शाहीको एमाले उपमहासचिव भुसाल र सचिव बिष्टबिरुद्ध सामाजिक सञ्जालमै आमाचकारी गर्नुभएको हो ।
शाही सेक्स स्क्यान्डलमा मुछिँदा पनि माधवको इमानमा बल पुगेको कारण पदमा बहाल हुनुहुन्छ । माधव नेपालकै संरक्षणले आफूले जे गर्दा पनि कसैले केही गर्न नसक्ने निश्कर्षमा पुगेर मन्त्री शाहीले जथाभावी गर्दै नेताद्वयको चरित्रहत्यामा उत्रिनु भएको हो । शाहीले आइतवार राति फेसबुकमा आपत्तिजनक स्टाटस लेखेर भुसाल र बिष्टलाई आमाचकारी गर्नुभएको छ ।

हेर्नाेस शाहीको स्ट्याटस
मन्त्री शाहीको यो आक्षेपमा चर्काे आपत्तिसहित भण्डाफोर अभियान सुरु भएपछि हटाउनु भएको छ । राति करिब १० बजेतिर हालेका दुवै स्टाटसको अत्यधिक आलोचनापछि हटाउनु भएको हो ।
प्रतिक्रिया दिनुहोस्