जनता टाइम्स

१२ आश्विन २०७८, मंगलवार १३:५०

प्रमोद खरेलको ‘बिहानीको मिर्मिरेमा’ बजारमा (भिडियोसहित)


काठमाडौं, असोज १२ । गायक प्रमोद खरेलको स्वर रहेको सुमधुर गीत ‘बिहानीको मिर्मिरेमा’ सार्वजनिक भएको छ । दीपक शर्माको संगीत तथा ज्ञानेश्वर तिवारीको शब्द रहेको गीत भिडियो सहित सार्वजनिक भएको हो । भिडियोमा सुधीर श्रेष्ठ र उषा उप्रेती फिचर्ड छ ।

रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा मानकृष्ण महर्जनको छायाकन, मिलन श्रेष्ठ र शाहील खानको सम्पादन छ । रोमान्टिक गीतको भिडियोमा सुधीर र उषा पनि रोमान्टिक अवतारमा उत्रिएका छन् । भिडियो आशुतोष फिल्मसले निर्माण गरेको हो ।