जनता टाइम्स

१३ आश्विन २०७८, बुधबार १८:२२

क्यानका उपाध्यक्ष श्रेष्ठ र सचिव प्याकुरेलद्वारा राजीनामा घोषणा


काठमाडौं, असोज १३ । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजीनामा दिनुभएको छ । काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठले राजीनामाको घोषणा गर्नुभएको हो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँग असहमति राख्दै दुबै जनाले राजीनामा घोषणा गर्नुभएको हो । ‘हामीले क्यानलाई अप्ठेरो परेका बेला लड्यौं र क्यानलाई स्थापित पनि गर्यौं। अब हामी यो गौरवान्वित क्षणमा राजीनामा दिएर बाहिरिन चाहन्छौं,’ सचिव प्याकुर्‍यालले भन्नुभयो, ‘अब नयाँ नेतृत्व आउनुपर्छ ।’