जनता टाइम्स

१४ आश्विन २०७८, बिहीबार १७:५४

माधव नेपालको छातीको सिटी स्क्यान गरियो, यस्तो छ रिपोर्ट


काठमाडौं, १४ असोज । नेकपा (समाजवादी एकीकृत) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको छातीको सिटी स्क्यान गरिएको छ । ज्वरो, वान्ता आउने, पेटको गडबढी र छातीमा समस्या भएपछि बुधबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका उहाँको आज सिटी स्क्यान गरिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शरीरको तापक्रम, रक्तचापको अवस्था भने सामान्य रहेको छ । अध्यक्ष नेपालको अहिले मौसमी भाइरल ज्वरोको उपचार भइरहेको अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्ष नेपालको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ ।