काठमाडौं, १५ असोज । एमाले अध्यक्ष केपी ओलीले आफू दोस्रो पटक प्रधानमन्त्रीको हैसियतमा भारतीय नाकाबन्दी अन्त्यपछि मात्रै भारत भ्रमणमा गएको स्मरण गर्नुभएको छ ।
पार्टीको पहिलो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले संविधानसभाबाट संविधान जारी गरेपछि भारतले नाकाबन्दी लगाएको बताउनुभयो ।
भारतले नाकाबन्दी अन्त्य गरेपछि मात्रै आफू प्रधानमन्त्रीको हैसियत भारत भ्रमणमा गएको उहाँले बताउनुभयो । ‘भारतीय नाकाबन्दी अन्त्यपछि मात्र म प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा गएँ’, उहाँले भन्नुभयो, ‘त्यसपछि चीन भ्रमणमा पनि गएको थिएँ ।’













प्रतिक्रिया दिनुहोस्