जनता टाइम्स

१६ आश्विन २०७८, शनिबार ०८:२०

अछाममा उच्च रक्तस्रावले गर्भवतीको मृत्यु


अछाम, १६ असोज । उच्च रक्तस्रावका कारण अछाममा एक गर्भवतीको मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका(१ रहफकी पूर्णकला विकको शुक्रबार मृत्यु भएको रहफ स्वास्थ्य चौकीका अनमी गीता लम्सालले जानकारी दिनुभयो । नौ महिने गर्भवती विकलाई बिहीबार साँझ प्रशव पीडा भएपछि स्वास्थ्य चौकी लगिएको थियो ।

उहाँले बच्चा पनि जन्माउन सक्नुभएन । उच्च रक्तस्रावले उहाँको मृत्यु भएको स्वास्थ्यकर्मीले बताउनुभयो । भौगोलिक विकटताका कारण समयमै सुविधा सम्पन्न अस्पताल पुर्याउन नसक्दा उहाँको मृत्यु भएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिनुभयो ।