जनता टाइम्स

१७ आश्विन २०७८, आईतवार ११:४६

पञ्चा सिंहलाई अखिल क्रान्तिकारीको अध्यक्ष


काठमाडौं, असोज १७ । अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहलाई तोकिएको छ । आइतबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र विद्यार्थी नेताहरुबीच भएको छलफलपछि प्रचण्डले सिंहलाई अध्यक्ष तोक्नुभएको हो ।

‘पार्टी स्थायी समितिले दिएको अधिकार अनुसार अध्यक्ष प्रचण्डले सिंहलाई अध्यक्ष बनाउने निर्णय सुनाउनुभएको अध्यक्ष रञ्जित तामाङले जानकारी दिनुभयो । क्रान्तिकारीको अध्यक्षमा सुरेन्द्र बस्नेत र सिंह मुख्य दावेदार हुनुहुन्थ्यो ।

जारी २२ औं राष्ट्रिय सम्मेलनको बन्दसत्रबाट सिंह अखिल क्रान्तिकारीको अध्यक्ष बनेको घोषणा गर्ने तयारी छ । तामाङ नेतृत्वको कमिटीमा उपाध्यक्ष सिंह अखिल क्रान्तिकारीको पहिलो महिला अध्यक्षको इतिहास रच्नुभएको छ । सुर्खेत निवासी सिंह माओवादी केन्द्रकी कर्णाली प्रदेश कमिटी सदस्य समेत हुनुहुन्छ ।