काठमाडौं, असोज १८ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भागवण्डा नमिकै कारण मन्त्रीपरिषद विस्तार ढिलो भएको भन्दै यस्तो अवस्था आउनु लज्जास्पद भएको बताउनुभएको छ । ओटीभी नेपाल डट कम सँगको कुराकानीमा अध्यक्ष केसीले सरकार बनेको यतिका लामो समयसम्म पनि मन्त्री परिषद विस्तार हुन नसक्नु अन्यन्तै नराम्रो कुरा भएको बताउनुभयो ।
भागवण्डाकै कारण मन्त्री परिषद विस्तार गर्न नसक्दा बाहिर गलत सन्देश गएको पनि उहाले बताउनुभयो । कुराकानीका क्रममा अध्यक्ष केसीले सरकारले गर्ने नराम्रा काममा राष्ट्रिय जनमोर्चाले साथ दिन नसक्ने पनि प्रष्ट पार्नुभयो । सरकार हटाएर नयाँ सरकार बनाउँन सक्ने तर सरकार बनिसकेपछि मन्त्रीपरिषद समेत विस्तार गर्न नसक्ने कामले त जनतामा निकै नराम्रो सन्देश दिएको केसीले बताउनु भयो।
भागबण्डाको किचलोमा आफ्नो पार्टी टाढै रहेको पनि उहाँले बताउनुभयो । राष्ट्रिय जनमोर्चाले सरकारलाई समर्थन गरे पनि आफुहरु प्रतिपक्षीमै बसेको भन्दै केसीले सरकारलाई समर्थन मात्रै होइन खबरदारी पनि गरिरहेको बताउनुभयो।













प्रतिक्रिया दिनुहोस्