काठमाडौं, असोज १९ । प्रतिनिधि सभाको बैठक आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोध कायमै राख्दा चल्न सकेन । सभामुख अग्नि सापकोटाको गैरकानूनी कामबिरुद्ध संसदभित्रै आन्दोलन गरिरहनु भएक एमाले सांसदहरुले आज बैठक सुरु हुनासाथ ‘रोस्ट्रम’ घेराउ गर्दै नाराबाजी गर्नुभएको थियो ।
बैठक अवरुद्ध नगरी सदन चल्न दिन र बैठकमा सहभागी भइ आफ्ना कुरा राख्न बैठकमा सभामुखले प्रतिपक्ष दलका सांसद्संग आग्रह गर्नुभएको थियो । सभामुख सापकोटाले अदालतमा विचाराधीन विषयमा सदनमा छलफल हुन नसक्ने कुरा प्रतिनिधिसभा नियमावलीमा व्यवस्था रहेको समेत स्मरण गराउनु भएको थियो ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अवरोधकै बीचमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन, ०७६÷७७ पेश गर्नुभयो । अवरोध काय राखेपछि प्रतिनिधिसभा बैठक असोज २२ गते शुक्रबार १ बजे बस्नेत गरी स्थगित भएको छ । एमलोले सभामुख सापकोटा कानूनअनुचार नचल्दाससम्म अवरोध कायम रहने बताएको छ ।













प्रतिक्रिया दिनुहोस्