दोलखा, असोज २० । सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रभावशाली नेताहरु एमाले प्रवेश गर्नुभएको छ । एमाले दोलखाले सदरमुकाम चरिकोटमा आज आयोजना गरेको सभामा जनताबीच निकै लोकप्रिय दुई जना वडाध्यक्षसहित दर्जनौं नेता कार्यकर्ता एमाले प्रवेश गर्नुभएको हो ।
नवप्रवेसीहरुलाई प्रमुख अतिथी एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल, एमालेब ागमति प्रदेश अध्यक्ष आनन्दप्रसाद पोखरेल, दोलखा इञ्चार्जसमेत रहनुभएका केन्द्रीय सदस्य पार्वत गुरुङ र जिल्ला अध्यक्ष इश्वरचन्द्र पोखरेलले स्वागत गर्नुभयो । यसरी माओवादी त्यागेर एमाले प्रवेश गर्नेमा जिरी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष निमासाङ्गे शेर्पा र विगु गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष हिरन्यवहादुर गुरुङ रहनुभएको छ ।
यसैगरी कालिञ्चोक गाउँपालिका वडा नम्बर २ का वडा सदस्य विकास थापा र रमण थामी पनि एमाले प्रवेश गर्नुभएको छ । नेकपा एमाले नै नेकपा एकताको निरन्तरता भएको भन्दै माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुले आफूहरु मूलधारमा समाहित भएको बताउनु भयो । उहाँहरुले माओवादी नेतृत्व प्रतिक्रियावादीको गोटी बनेको र सो पार्टीबाट मुलुक र जनताको पक्षमा काम हुने सवै संभावना सकिएकोले एमाले रोजेको पनि बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्