जनता टाइम्स

१ श्रावण २०८३, शुक्रबार १४:०९

अपराधीहरूले समाजलाई नै झूट पत्याउने बानी परिसके : केपी ओली


काठमाडौं, साउन १। नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रविधिको दूरुपयोग गरेर आपराधिक समुहले समाजलाई नै झूट पत्याउने बानी परिसकेको बताउनु भएको छ ।

पूर्वप्रधानमन्त्री ओलीले समाजमा फैलाइएको यस्तो बिष निकै खतरनाक हुने टिप्पणी पनि गर्नुभयो । केन्द्रीय प्रचार तथा प्रकाशन विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एमालेमाथि झूटको प्रचार गरेर सबैभन्दा धेरै प्रहार भइरहेको बताउनु भयो ।

‘हाम्रो सामु एउटा अत्यन्तै नयाँ परिस्थिति सिर्जना भएको छ । कालोलाई सेतो, सेतोलाई कालो, राम्रोलाई नराम्रो, नराम्रोलाई राम्रो, सुल्टोलाई उल्टो, उल्टोलाई सुल्टो गरिदिने र त्यसैलाई मानिसले पत्याउनेलाई गोएबल्स शैली भन्छन्, अहिले त गोएबल्स भन्दा पनि महागोएबल्स शैली, यस्तो लाग्छ लगभग यो समज नै पो झुटमा रमाउन थालेको हो कि ? झुटमा रमाउन खोजेको हो कि भन्ने परिस्थिति देखापर्न थालेको छ,’ ओलीले भन्नुभयो ।

ओलीले लगभग समाज नै झूटमा रमाउन थालेको हो कि भन्ने आशङ्का गर्दै भविश्यमा यस्ले निकै डरलाग्दो परिणाम ल्याउने बताउनु भयो ।