जनता टाइम्स

२० आश्विन २०७८, बुधबार २०:१०

प्रचण्डले हाने प्रदेस १ र सुदुरपश्चिममाथि लात


काठमाडौं, असोज २० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले बुहारी बीना मगरलाई मन्त्री बनाउन नपाएको रिस सुदुरपश्चिम प्रदेशमाथि फेर्नुभएको छ । खानेपानी मन्त्रालयमा बीनालाई पठाउने योजनामा सुदुरपश्चिम र प्रदेश १ का नेताहरुले बिरोध गरेपछि प्रचण्डले दुवै प्रदेशमाथि लात हान्नुभएको हो ।

अध्यक्ष प्रचण्डको अध्यक्षतामा आज बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, बागलुङ, शशी श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री तथा बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ । जहाँ प्रदेश १ र सुदुरपश्चिम प्रदेश छुटेको छ । माओवादी अध्यक्ष प्रचण्डको रिसमा परेपछि मन्त्रिपरिषदमा प्रदेश १ र सुदुरपश्चिमबाट छुटाइएको छ ।

माओवादीले यसअघि नै कर्णाली प्रदेशका जनार्दन शर्मा र उपत्यकाबाट पम्फा भुसाललाई मन्त्री बनाएको छ भने आज तीन मन्त्री र एक राज्यमन्त्री छान्दा बागमति, गण्डकी, लुीम्बनी र प्रदेश २ लाई समेटेको छ । प्रदेश २ को भागमा यसपटक राज्यमन्त्रीमा चित्त बुझाउनु परेको छ माओवादीले आज मन्त्री बनाउने निर्णय गरेका शशी श्रेष्ठ बागमति प्रदेशबाट हुनुहुन्छ । उहाँ माओवादी नेता लिलामणि पौडेलकी पत्नी हुनुहुन्छ यस्तै देवेन्द्र पौडेल गण्डकी प्रदेश र महेश्वरजंग गहतराज उर्फ अथक लम्बिनी प्रदेशका हुनुहुन्छ । राज्यमन्त्री यादव प्रदेश २ की हुनुहुन्छ ।