जनता टाइम्स

२१ आश्विन २०७८, बिहीबार १९:११

बीमित परिवारलाई एसियन लाइफ इन्स्योरेन्सले दियो बीमांक रकम


खोटाङ, २१ असोज । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा कार्यालय खोटाङले मृतक बीमित परिवारलाई बीमांक रकम प्रदान गरेको छ । सुखी जीवन बीमा आयोजनाअन्तर्गत २९ असार २०७४ मा बीमा गरेकी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका माटिकोरेकी अनु थापा मगरको परिवारलाई कम्पनीले घरैमा पुगेर मुत्यु दाबी भुक्तानी दिएको हो ।

नगरपालिकाका मेयर दीपनारायण रिजालले मृतक बीमितका बुबा मोहनबहादुर थापा मगर र आमा एकमाया थापा मगरलाई बीमाबापतको तीन लाख ७८ हजार २४४ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

तीन लाख एक हजार रुपेयाँको बीमा गरेकी थापमा मगरको परिवारलाई ७७ हजार २४४ रुपैयाँ बोनससहित बीमांक रकम प्रदान गरिएको एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखाका प्रमुख किरणजित राईले बताउनुभयो । मृतक थापा मगरले १५ हजार ९७५ रुपैयाँ बराबरको चार किस्ता बुझाइसकेकी थिइन् । दिक्तेल इङ्लिस बोर्डिङ स्कुलकी शिक्षिका थापा मगरको २३ माघ २०७७ मा मृत्यु भएको थियो ।