काठमाडौं, असोज २२ । नेकपा एकीकृत समाजवादीले पार्टी सचिव रामकुमारी झाँक्रीलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने भएको छ । उपसभामुखमा थन्क्याउने योजना बिफल भएपछि कार्यकर्ताको चाहनाअनुसार झाँक्रीलाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिने निश्कर्षमा अध्यक्ष नेपाल पुग्नुभएको हो ।
बिहीबार बसेको स्थायी कमिटी बैठकमा झाँक्रीसँगै विरोध खतिवडा, प्रेमबहाहदुर आले र कृष्णकुमार श्रेष्ठ किसानलाई मन्त्री बनाउने प्रस्ताव पेश भएको छ । एक स्थायी कमिटी सदस्यका अनुसार खतिवडालाई शहरी विकास, झाँक्रीलाई स्वास्थ्य, आलेलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रेष्ठलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाउने प्रस्ताव गरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ । आजै नेपालले प्रधानमन्त्रीलाई आफ्नो दलबाट मन्त्री बन्नेहरुको नाम बुझाउनु हुनेछ । अहिलेसम्मको अवस्था हेर्दा मेटमनि चौधरी मन्त्रीबाटै आउट हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्